होन्डा एनिभर्सरीको नाममा बढ्यो फिशिङ आतंक, स्कुटर जित्ने लोभमा होला डेटा चोरी

Jul 22, 2021 11:18 AM Merolagani

बुधबार बेलुकीबाट अधिकांश व्यक्तिको फेसबुक म्यासेन्जरमा एउटा म्यासेज आयो। म्यासेज थियो, होन्डा ७० औं वार्षिकउत्सव नामक लिङ्क।कतिपय व्यक्तिले हतार हतार सो लिङ्क खोले भने केहिले कस्तो लिङ्क हो भन्ने विषयमा खोजी गर्न थाले। खासगरी सो म्यासेज होन्डाले पाठाएको नभएर व्यक्तिगत डेटा चोरी गर्ने माध्यम थियो।

 

नेपालमा पछिल्लो समय सामाजिक सञ्जालमा यस्ता प्रकारका फिशिङ लिंकसहितका म्यासेजहरु बेला बेला भाइरल हुने गरेका छन्।

अहिले फेसबुक म्यासेन्जर प्रयोगकर्ता जो कोहिबाट पनि बारम्बर यहि म्यासेज आइरहेको छ। होन्डाको एनिभर्सरी भन्दै फिशिङ लिंकसहित म्यासेज आइरहेको हाे।

होन्डाको स्कुटर जित्ने लोभमा प्रयोगकर्ताहरुले यसलाई धेरै नै फर्वार्ड गरिरहेका छन् भने केहिले सो लिङ्क क्लिक गरेपछि सबै साथिहरुलाई लिङ्क स्वतः फवार्ड भइरहेको बताइरहेका छन्। तर, सो म्यासेज वास्तविक म्यासेज नभइ एउटा स्क्याम हो।

सामाजिक सञ्जाललाई पुरस्कारको लोभ देखिएर डेटा चारीका निम्ती यी म्यासेज आइरहेका हुन्छन्।। त्यसकारण तपाईलाई पनि होन्डा एनिभर्सरी र त्यस्ता प्रकारका अन्य कुनै शंकास्पद फिशिङ लिंकहरू आइरहेका छन् भने क्लिक नगर्नुहोला।

तपाई साइबर आक्रमणको शिकार बन्न सक्नुहुन्छ। होन्डाका अध्यक्ष सौरभ ज्यातिले पनि होन्डाको एनिभर्सरी लिङक स्पाम म्यासेज भएको भन्दै नखोल्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमा उनले एउटा स्टाटस लेख्दै सो लिङ्क नखोल्न समेत आग्रह गरेका छन्।

के हो स्क्याम म्यासेज ?

फिशिङ एक प्रकारको साइबर अपराधकै रुपमा लिइन्छ। खासगरी सामाजिक सञ्जालमा विभिन्न अफर तथा प्रडक्टको लोभ देखिएर एउटा लिङ्क आउने गर्छ भने कतिपय अवस्थामा सामाजिक सञ्चालमै पोष्ट गरिएको हुन्छ।

बैंक अकाउन्टको जानकारी, पासवर्ड लगायतका व्यक्तिगत जानकारी चोर्न फिशिङ हमला गरिन्छ।

इमेल, म्यासेज, वेबसाइट र सामाजिक सञ्जालबाट फिशिङ हमला हुन्छ। फिशिङका लागि सामाजिक सञ्जाल, इमेल, म्यासेजमा आधिकारिक जस्तै देखिने नक्कली जानकारी राखिएको हुन्छ त्यसमा क्लिक गरेपछि अर्कै लिङ्क खुल्ने गर्छ।

कतिपयले त्यसमा राखिएका क्राइटेरिया अनुसार आफ्नो व्यक्तिगत विवरणपनि भर्ने गरेका छन्। वास्तविकतमा सो लिङ्क जानकारी चोर्न चालिएको एउटा चाल हुन्छ।

नेपालमा पनि यस्तो आतङ्क बारम्बर दोहोरिने गरेको पाइन्छ। खासगरी म्यासेन्जमार विभिन्न लिङ्क आउने र साइबर हमला हुने गरेको छ। यस्ता प्रकारका फिशिङ म्यासेज फेसबुक, भाइबर, ह्वाट्सएप, इमोमा आउने गर्छन्।

त्यस्तै, गरी विभिन्न दूरसञ्चार कम्पनी, प्रतिष्ठित कम्पनीको नाम र लोगो राखेर दुरुपयोग गरी फिशिङ साइबर आक्रमण भइनै रहेका हुन्छन्। तर, ती केवल प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोर्ने र ठगी गर्न बनाइएका फेक पेज हुन्।

यस्ता ठगी र साइबर हमलाको विषयमा नेपाल प्रहरी साइबर ब्यूरोले अनुसन्धान गरिरहेको जनाएको छ। केहि समय अघि नेपाल टेलिकमको नाम र लोगो दूरूपयोग गरी आईफोन १२ सित्तैमा दिने तथा फ्री डेटाको लोभ देखाएर फिशिङ भएको थियो।

तर, अहिलेसम्म यस्ता फिशिङ आतङ्कको विषयमा गहन अध्ययन तथा दोषी कानुनी दायरामा भने आउन सकेका छैनन्। साइबर हमलाको विषयमा सरकारी तवरबाटपनि कुनै पहल भएको देखिदैन।

कसरी बच्ने?

दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणले यस्ता अपरिचित रुपमा आएका म्यासेज, अपरिचित व्यक्ति वा ठेगानाबाट आएका शंकास्पद इमेललाई नखोल्न, लिंकहरुमा क्लिक नगर्न र त्यस्ता शंकास्पद इमेलालाई डिलिट गर्न वा ब्लक गर्न आग्रह गर्दै आएको छ।

खासमा पुरस्कार, उपहार, चिठ्ठा लगायत विभिन्न प्रलोभन देखाएर पठाइएको वा डर धम्की दिई पठाइएको इमेल, सन्देश, फोन कल लगायतलाई रिप्लाई वा रेसपोन्स नगर्न पनि प्राधिकरणले भनेको छ।

त्यस्ता म्यासेज आएसँगै तत्कालै डिलिट गरिहाल्नुपर्छ। इमेलबाट आफ्नो पासवर्ड, ओटीपी, बैंक खाता नम्बर र पिन कोड जस्ता विवरण पठाउनु हुदैन भने ल्यापटप, कम्युटरमा एन्टिभाइरसको प्रयोग गर्नुपर्छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।