लक्ष्मी इक्विटी फण्डको आधारभूत तथा प्राविधिक विश्लेषण

Jul 24, 2021 07:26 PM Merolagani



पछिल्लो समय लगानीकर्ताहरु म्युचुअल फण्डतर्फ आकर्षित भइरहेका छन्। बजारबारे सामान्य जानकारी भएका लगानीकर्ता मात्र होइनन् दोस्रो बजारमा लामो समयदेखि लगानी गरिरहेका लगानीकर्ता पनि अहिले यसतर्फ आकर्षि भइरहेका छन्।

यस्तै म्युचुअल फण्डहरुमध्ये लक्ष्मी इक्विटी फण्ड (LEMF) पनि एक हो।

लक्ष्मी बैंकद्वारा प्रबर्द्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। यससँगै फण्डको इकाईमूल्य पनि बढीरहेको छ।

यस साताको अन्तिम कारोबार दिन यस योजनाको इकाई प्रतिकित्ता १७ रुपैयाँ ५८ पैसामा कारोबार भएको छ। यस अनुसार आगामी साता यसको इकाईमूल्य बढेमा १९ रुपैयाँमा प्रतिरोध पाउने देखिन्छ। त्यसैगरी, इकाईमूल्य ओरालो लागेमा भने १५ रुपैयाँमा टेवा पाउने देखिन्छ।

यस साता फण्डको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

गत साता यस योजनाको इकाईमूल्यसँगै भोल्यूम पनि बढेको छ। यस साता फण्डको ३६ लाख २५ हजार १५३ कित्ता इकाई खरिदबिक्री भएको छ। यससँगै फण्डको २० दिने दैनिक औषत भोल्यूम १६ लाख ७५ हजार १०२ कित्ता रहेको छ। फण्डको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १६६.४१ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको जेठ मसान्तमा फण्डको न्याभ १६ रुपैयाँ १३ पैसा रहेको छ। सो अवधिसम्ममा फण्डले ८८ करोड ३७ लाख रुपैयाँ सूचीकृत शेयरमा लगानी गरेको छ। त्यसैगरी, ८ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गरेको छ। फण्डले सो अवधिसम्ममा ५२ हजार ३७२ रुपैयाँ ऋणपत्र/बण्डमा लगानी गरेको छ।

 

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।