काम गर्ने नयाँ तरिका सिकाउने पुस्तक ‘वर्क स्मार्टर नट हार्डर’ को सारंश

Aug 04, 2021 06:06 PM Merolagani



टिमो किअन्डरद्वारा लिखित ‘वर्क स्मार्टर नट हार्डर’ एक पुस्तक हो जसले तपाईको कार्य दिन सुधार गर्ने १८ फरक तरिकाहरु पहिचान गर्दछ। नयाँ कम्प्यूटर सीपहरु सिक्नदेखि आफ्नै काम गर्ने प्याटर्न र रिडम बुझ्ने सम्मका टिप्सहरु यसमा पाउन सकिन्छ। पढ्न सजिलो गाइड जसले जोसुकैलाई पनि आफ्नो उत्पादकता बढाउन सहयोग गर्दछ।

कार्य व्यवस्थापन

कुन कार्य सबैभन्दा बढी महत्वपूर्ण छ र कुन कार्य पहिला गर्ने भन्ने कुराको पहिचान गर्नुको महत्व किअन्डर वर्णन गर्छन्। यदि तपाईलाई कुन कार्य महत्वपूर्ण छ भन्ने थाहा छैन भने कार्य सम्पादन गर्दा र नगर्दाका दीर्घकालिन र अल्पकालिन असरहरुलाई हेर्नुहोस्।

यदि कुनै कार्यले भविष्यमा प्रत्यक्ष असर गर्छ भने यी कार्यहरुलाई तपाईले प्राथमिकता दिनुपर्छ। नतिजाहरुले तत्काल प्रभाव नपारेपनि, ढिलो चाँडो तिनीहरुले नतिजा अवश्य दिन्छ। र किअन्डर आफुलाई त्यति महत्वपूर्ण नलागेपनि, तपाईको कार्यको प्रभावलाई विचार गर्न सम्झाउछन् किनभने तपाईको सहकर्मी आफ्नो काममा अगाडि बढ्नका लागि तपाईको काममा निर्भर भइरहेको हुन सक्छ।

तपाईले गर्न नचाहेको काम, जसलाई तपाई बारम्बर बेवास्ता गरिरहनु भएको छ, त्यस्ता कामलाई ‘भ्यागुतो’ शब्द प्रयोग गर्छन्। उनी भन्छन् यी यस्ता कार्यहरु हुन् जसलाई अहिले नै गर्न आवश्यक छ। तपाई ति ‘भ्यागुता’ लाई डरका कारण पन्छाइरहनु भएको छ। ती कुराहरुले आफुलाई चिन्तित बनाउनुभन्दा त्यसलाई सकाउनुहोस्। तपाईले राहत महसुस गर्नुहुनेछ र अर्को कार्यमा राम्ररी ध्यान दिन सक्नुहुन्छ।

मिटिङ्ग

मिटिङ्गहरु जारी अन्योल जस्तै हुन्छन्, यिनीहरु आवश्यकताभन्दा बढी तन्किन्छन् र अक्सर तपाईले आफुलाई एक भुमरीमा पाउनुहुन्छ। अर्को मिटिङ्ग बस्नुभन्दा अगाडि किअन्डर निम्न प्रश्नहरु सोध्न सुझाउछन्।

१) के तपाई त्यहाँ हुनु आवश्यक छ?
२) त्यसमा भर्चुअल्ली सहभागि हुने कुनै माध्यम छ?
३) के यो मिटिङ्ग आवश्यक छ?
४) यो मिटिङ्गमा केही एजेण्डा छ?
५) के त्यसमा समय सीमा राख्न सम्भव छ?
६) के मिटिङ्गमा आवश्यक सबै प्रविधिहरु जडित छन् र तिनीहरु काम गरिरहेका छन् कि छैनन् जाँच्न सक्नुहुन्छ?

ब्याचीङ्ग

किअन्डरले दिएको अर्को सहयोगी टिप भनेको उस्तैउस्तै प्रकृतिका कार्यहरुलाई ब्याच गर्नु हो। उदाहरणको लागि, नोटिफिकेशन आउने वित्तीकै मेल चेक नगर्नुस्। त्यसलाई त्यतिकै छोड्नुस् र अन्य कुनै समयमा सबै इमेल पढ्न र रिप्लाइ गर्न छुट्याउन सक्नुहुन्छ। किअन्डर दिनमा ३ पटक (बिहान, मध्यदिनमा र सुत्ने समय) भन्दा बढी चेक नगर्न सुझाउछन्।

इमेल सम्बन्धि किअन्डरका केही टिप्स

  • तपाई पुग्ने बित्तीकै इमेल चेक नगर्नुस्, अन्य केही महत्वपूर्ण काम गर्नुहोस् र केही समयपछि मात्र चेक गर्नुहोस्।
  • आफुले नचलाएको बेला इमेलहरु बन्द गर्नुहोस्।
  • इमेलको नोटिफिकेशन बन्द गर्नुहोस्।
  • आफुले दिनमा २–३ पटक मात्र मेल चेक गर्ने विवरण दिँदै तत्काल जवाफको अपेक्षा नगर्न अनुरोध सहितको अटो रिप्लाई राख्नुहोस्।

प्रतिनिधि

कार्यक्षेत्रमा प्रतिनिधि एकदमै महत्वपूर्ण छ। जसलाई सही तरिकाले गरियो भने तपाईको कार्यभार सीमित राख्न र तपाईसँग सम्बन्धित कार्यमा गर्न पर्याप्त समय छ भन्ने सुनिश्चित गर्न सकिने किअन्डर प्रष्ट्याउँछन्।

अरुलाई काम हस्तान्तरण गर्नु अघि आफुले पर्याप्त विवरण र निर्देशन छ कि छैन भन्ने सुनिश्चित गर्नुपर्छ। तपाई गल्ती हुने सम्भावनाहरुलाई नकार्न चाहनुहुन्छ। यसलाई गर्ने सबैभन्दा राम्रो उपाय भनेको आफुले पनि ति कदम र निर्देशनहरुलाई पछ्याउने ताकि सबै कुरा प्रष्ट छ भन्ने सुनिश्चित गर्न सकियोस्। अर्को महत्वपूर्ण कुरा भनेको तपाईले जहिले पनि डेडलाइन दिनुपर्छ, यसको अर्थ जो कोहीले त्यो कार्य गर्दछ ऊ तोकिएको समयभित्र कार्य सम्पन्न गरोस्।

अन्त्यमा किअन्डर आफ्नो कार्यलाई फलो अप गर्न सुझाव दिन्छन् ताकि सबै कुरा सही चलिरहेको छ भन्ने सुनिश्चित गर्न सकियोस्।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।