शिवम् सिमेन्ट्सको नाफा बढ्यो, ईपीएस कति?

Aug 16, 2021 06:18 AM Merolagani

शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा बढेको छ।

गत असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ३९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४१ प्रतिशत बढी हो। बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफामा सुधार देखिएको छ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ६.७३ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी ७ प्रतिशत बढेको छ भने कुल खर्च ४.७७ प्रतिशत बढेको छ।

४ अर्ब ४० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष समीक्षा अवधिमा ६.८० प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ९३ पैसा बढेर ३१ रुपैयाँ ६८ पैसा पुगेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।