मञ्जुश्री फाइनान्सको संस्थापक शेयर लिलाम बिक्रीमा

Aug 30, 2021 08:58 AM Merolagani

मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले संस्थापक समूहको केही शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।

फाइनान्सले ९ हजार १८७ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो। शेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ। सो शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन्।

सो शेयरमा भदौ १५ गतेदेखि २० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि बोलकबोल पेश गर्नुपर्नेछ। लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लिमिटेडमा आवेदन बुझाउनु पर्नेछ।

बोलपत्र भदौ २१ गते बिहान १० बजे एनआईबिएल एस क्यापिटल, लाजिम्पाटमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खोलिनेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।