सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 08, 2021 09:08 AM Merolagani

सिटिजन्स म्युचुअल फण्ड १ (CMF1) र सिटिजन्स म्युचुअल फण्ड २ (CMF2) को लाभांश सुरक्षित गर्ने आज (भदौ २३ गते) अन्तिम दिन हो।

यी दुबै योजनाहरुले लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात भदौ २४ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम यी दुबै योजनाका इकाईधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्।

सिटिजन्स बैंक इन्टरनेशनलबाट प्रबद्र्धन गरिएको तथा सिबिआइएल क्यापिटलबाट व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यी दुबै योजनाहरुले आफ्ना इकाईधनीहरुलाई आर्थिक वर्ष २०७७÷७८ को लागि ४०–४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।