Thu, Oct 30, 2025
भदौ २५ गते, शुक्रबार, तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा सो शेयर बाँडफाँट भएको हो।
क्यापिटलका अनुसार योग्य आवेदकहरुमध्ये ७४ हजार ४०० जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो। कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो। कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकले कुल २ करोड ७८ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिएका थिए। सोमध्ये २३ लाख ४६ हजार ६२७ आवेदकको आवेदन स्वीकृत भएको छ भने ८ हजार ८२० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ। हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ। स्थानियलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ
क्यापिटलका अनुसार योग्य आवेदकहरुमध्ये ७४ हजार ४०० जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ।
कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो।
कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो।
कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकले कुल २ करोड ७८ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिएका थिए। सोमध्ये २३ लाख ४६ हजार ६२७ आवेदकको आवेदन स्वीकृत भएको छ भने ८ हजार ८२० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।
हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ। स्थानियलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ
भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।