नेपालमा थप १,०९५ जना कोरोना संक्रमित थपिए, आठ जनाको निधन

Sep 20, 2021 05:55 PM Merolagani



नेपालमा थप एक हजार ९५ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा भएको १० हजार ७८६ पीसीआर परीक्षणबाट ९७५ जना र तीन हजार ३१ एन्टिजेन परीक्षणबाट १२० जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेट अनुसार सोमबार कोभिड १९ संक्रमणका कारण आठ जनाको निधन भएको छ ।

यसैगरी एक दिनमा दुई हजार ९५७ जनाले कोरोना संक्रमण जितेका छन् । हाल देशभरमा सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका २९८ जना, ललितपुरका ३५ जना र भक्तपुरका ६३ जना छन् ।