एमेजनद्वारा ६०० चीनियाँ ब्राण्ड प्रतिबन्धित

Sep 21, 2021 02:28 PM Merolagani



ईकमर्श कम्पनी एमेजनले ६०० चीनियाँ ब्राण्डलाई प्रतिबन्धित गरेको छ । नियम उल्लंघन गरेको भन्दै
सो कम्पनीद्वारा यी ब्राण्डहरुलाई प्रतिबन्धित गरिएको हो ।

द वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार यी चिनीयाँ ब्राण्डहरुले राम्रा प्रतिक्रिया जनाउने ग्राहकहरुलाई एमेजनको उपहार कार्ड दिइरहेको थियो । प्रतिबन्धित कम्पनीमध्ये अकी, एमपव, र्याभ पावर, भाभा, टावट्रोनिक्स र कोटेक आदी रहेका छन् ।

एमेजन एशियाका ग्लोबल सेलिंगका उपाध्यक्ष क्याण्डी तईका अनुसार हरेक सामानमा आएका प्रतिक्रिया महत्वपुर्ण हुन्छ र यसरी गलत प्रतिक्रिया लिएर ग्राहकहरुलाई अँध्याराेमा राख्नु गलत हुनेछ । एमेजनले यसलाई पटक्कै सहने छैन । निती विरुद्ध जाने कम्पनीमाथि प्रतिबन्ध लगाइनेछ र आवश्यक परेमा कानुनी कारवाही पनि गरिनेछ ।

एमेजनका अनुसार यो कदम चीनकालागि मात्र नभएर विश्वकालागि हुनेछ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।