के हो डोसा इकोनोमिक्स?

Sep 24, 2021 11:28 AM Merolagani



अधिकांश हल्का आर्थिक सिद्धान्तहरुको विपरित,डोसा इकोनोमिक्स नै एक मात्र त्यस्तो इकोनोमिक्स अर्थात अर्थशास्त्र हो जसको बारेमा जब जब चर्चा गर्छौँ तब तब मुख रसाउँछ। तर दुर्भाग्यवश,यो सिद्धान्तसँग खाना डोसासँग खासै कुनै सम्बन्ध छैन।

यस शब्दको प्रयोग सन् २०१६ मा रिजर्भ बैंक अफ इण्डिया (आरबिआई) का पूर्व गभर्नर रघुराम राजनले व्यक्तिगत क्रय क्षमतालाई मुद्रास्फितीले प्रभाव पार्छ भन्ने बुझाउनका लागि प्रयोग गरेका थिए।

डोसा इकोनामिक्स अथवा डोसानोमिक्स के हो?

पूर्व आरबिआई गभर्नर रघुराम राजनले त्यतिखेर कार्यभार सम्हालेका थिए जब बैंकहरुले दिने ब्याज उच्च दरमा थियो र त्यसका साथै मुद्रास्फिती पनि निकै उच्च थियो। उनका केही फैसलाहरु अलोकप्रिय भएपनि, पछाडि फर्केर हेर्दा तिनीहरुले अर्थव्यवस्थाको उच्च हितमा काम गरेको र मुद्रास्फिती वृद्धिलाई रोकेको देख्न सकिन्छ।

उनको एक निर्णय, जसको धेरै आलोचना भएको थियो, त्यो हो मुद्रास्फिती ५ प्रतिशतमा झरेको बेला फिक्स्ड डिपोजिटको १० प्रतिशतबाट ८ प्रतिशतमा झार्नु।

मुलुकभर फिक्स्ड डिपोजिटलाई प्रख्यात लगानीको विकल्प रहेको बेला यस्तो निर्णयले धेरै नागरिकहरुको आलोचना सामना गर्नुपरेको थियो। यसका साथै, यो धेरै जेष्ठ नागरिकहरुको आम्दानीको श्रोत या भनौँ एक मात्र श्रोत थियो। उनले किन यस्तो निर्णय गरेभन्ने प्रश्नमा उनले डोसानोमिक्स स्पष्ट पारे।

डोसा इकोनोमिक्सको अवधारणामा भनिएको छ कि उच्च मुद्रास्फितीको बेला उच्च ब्याजदरमा लगानीकर्ताहरुलाई त्यति लाभ हुँदैन जति कम मुद्रास्फितीको बेला कम ब्याजदरबाट हुन्छ। यस सिद्धान्तले मुद्रास्फितीले व्यक्तिको क्रयशक्तिमा पर्ने प्रभाव प्रष्ट्याउँछ। यसलाई रघुराम राजनले दिए जस्तै उदाहरणबाट बुझौँ।

उदाहरणः डोसा र जेष्ठ नागरिक

एक त्यस्ता जेष्ठ नागरिकको उदाहरण लिऔँ जो फिक्स्ड डिपोजिटको ब्याजबाट आम्दानी गर्छन्। यस्तो अवस्था जहाँ बैंकहरुले दिने ब्याजदर १० प्रतिशत निर्धारण गरिएको छ र मुद्रास्फिती दर १० प्रतिशत नै छ। यदि जेष्ठ नागरिकले एफडिमा १ लाख रुपैयाँ लगानी गर्छ भने उसले वर्षको अन्त्यमा १० हजार रुपैयाँ प्रतिफल प्राप्त गर्दछ।

धेरै भारतीयजस्तै, मानौँ सो जेष्ठ नागरिकले पनि डोसा मन पराउँछ र सो प्रतिफललाई सोही प्रयोजनको लागि प्रयोग गर्दछ। उल्लेखित अवस्थामा, मसाला डोसाको मूल्य ६० रुपैयाँ छ। यहाँ सो जेष्ठ नागरिकले तत्काल १ हजार ६६६ मसाला डोसा खरिद गर्ने क्षमता राख्दछ। तर, यदि उसले वर्षको अन्त्य कुर्यो भने ऊसँग फिक्स्ड डिपोजिटबाट प्राप्त हुने ब्याजभन्दा धेरै बढी पैसा हुन्छ।

अब मानौँ, ऊसले वर्षको अन्त्यसम्म कुर्यो भने उसले १ लाख १० हजार रुपैयाँ प्राप्त गर्नु पर्नेछ। तर, त्यहि समयमा मुद्रास्फितीका कारण सो डोसाको मूल्य बढेर ६६ रुपैयाँ पुग्छ। अब पनि सो जेष्ठ नागरिकले १ हजार ६६६ डोसा खरिद गर्न सक्छ। जेष्ठ नागरिका लागि केही फाइदा भयो?

अहँ भएन, किनभने उनले उच्च मुद्रास्फिती उच्च ब्याजदरको अवस्थामा सोही संख्यामा डोसा खरिद गरिरहेको छ।

डोसा र जेष्ठ नागरिकः जब दर घटाइन्छ

अब, अर्को अवस्था हेरौँ, जब बैंकहरुले ८ प्रतिशत ब्याजदर दिइरहेका छन् र मुद्रास्फिती ५ प्रतिशत छ। यहाँ फेरि, यदि जेष्ठ नागरिकले तत् समयमा मसाला डोसा खरिद गर्छ भने उसले १ हजार ६६६ डोसा प्राप्त गर्छ। तर, यदि उसले वर्षको अन्त्यसम्म प्रतिक्षा गर्छ भने उसले १ लाख ८ हजार रुपैयाँ प्राप्त गर्छ र मसाला डोसाको मूल्य ६३ रुपैयाँ हुन्छ।

वर्षको अन्त्यमा उसले १ हजार ७१४ मसाला डोसा किन्न सक्नेछ। यसले देखाउँछ कि जब मुद्रास्फिती नियन्त्रणमा हुन्छ अथवा कम हुन्छ, तब कम ब्याजदरले मानिसलाई फाइदा पुर्याउँछ। यस सिद्धान्तमा वकालत जोडेर राजनले यो पनि भनेका थिए कि उनी अझै एक उद्योगपतिलाई भेट्न बाँकी छ जो ब्याजदर घटाउन चाहँदैनन्।

सामान्यतय, एक लगानीकर्ताको रुपमा जब लगानीको कुरा आउँछ, तब सबैभन्दा महत्वपूर्ण तत्व भनेको प्रतिफल हुन्छ। तर, हामी अन्य महत्वपूर्ण कुराहरु ख्याल गर्दैनौँ जसले महत्वपूर्ण भूमिका खेल्छ। त्यसैगरी, यहाँ पनि यो सिद्धान्तले मुद्रास्फिती कसरी एक मन्द विष बन्छ भन्ने कुरा व्याख्या गरिएको छ। यसलाई नियन्त्रण गरिएन भने यसले क्रयक्षमता घटाउँछ।

(ट्रेडब्रेन्स डटइनबाट अनुवादित)




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।