माछापुच्छ्रे बैंकको कम्पनी विश्लेषण

Sep 25, 2021 07:23 PM Merolagani

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गर्ने पहिलो वाणिज्य बैंक हो, माछापुच्छ्रे बैंक लिमिटेड (MBL)।

बैंकले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशत गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ।

गत असार मसान्तसम्ममा बैंकले १ अर्ब ६३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.८९ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.०२ प्रतिशत बढेको छ भने नेट फि तथा कमिशन आम्दानी १९.४९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २८.८४ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ५८ करोड ७९ लाख रुपैयाँबाट घटेर ४९ करोड ७२ लाख रुपैयाँमा झरेसँगै खुद ब्याज आम्दानी वृद्धिदरको तुलनामा सञ्चालन मुनाफा वृद्धिदर धेरै देखिएको हो।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ७.०३ प्रतिशत बढेको छ भने जगेडा कोष २२.५६ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २६.४४ प्रतिशत र कर्जा २२.७४ प्रतिशत बढेको छ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ६ पैसा बढेर १८ रुपैयाँ १ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको मूल्य आम्दानी अनुपात २२.८२ गुणा रहेको छ।

साताको अन्तिम दिन बैंकको आरएसआई ५५.०१ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा बैंकको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अधिकांश उपकरणमा बैंकको शेयरमूल्य अहिले बुलिश रहेको देखिन्छ।

यस साता बैंकको शेयरमूल्य २८ रुपैयाँ बढेको छ। गत साता ३८३ रुपैयाँमा अन्तिम कारोबार भएको यस बैंकको शेयर यस साता ४११ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस अनुसार आगामी साता बैंकको शेयरमूल्य उकालो लागेमा ४४० रुपैयाँमा प्रतिरोधको सामना गर्नेछ। त्यसैगरी, ओरालो लागेमा ३८० रुपैयाँमा टेवा पाउने देखिन्छ।

यस साता पनि बैंकको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। तर, ५ दिने इएमए बढ्न थालेको देखिन्छ। सो इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथि लागेमा त्यसले बैंकको शेयरमूल्य उकालो लाग्ने संकेत गर्दछ।

शेयरमूल्यसँगै यस साता बैंकको भोल्यूममा पनि सुधार देखिएको छ। यस साता बैंकको शेयर दैनिक औषतमा २ लाख ५५ हजार ३५८ कित्ता कारोबार भएको छ। यससँगै बैंकको २० दिने औषत भोल्यूम १ लाख ६३ हजार ३२८ कित्ता पुगेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ५६.३५ प्रतिशत बढी हो।

हाल नेप्सेमा बैंकको ९ करोड ५ लाख ३० हजार ९४५ कित्ता शेयर सूचीकृत छ। बैंकको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ४५५ रुपैयाँ रहेको छ भने न्यून मूल्य २२० रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा बैंकको कुल बजार पूँजीकरण ३७ अर्ब २० करोड ८२ लाख १८ हजार ७२३ रुपैयाँ ८० पैसा रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा बैंकको शेयरमूल्य अहिले न्यूट्रल जोनबाट ग्रीड जोनमा पुगेको छ। यसले लगानीकर्ताहरु बैंकको शेयरमूल्य बढ्छ भन्ने अपेक्षामा शेयर खरिदबिक्री गरिरहेको संकेत गर्दछ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।