नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 26, 2021 10:09 AM Merolagani



नबिल ब्यालेन्स्ड फण्ड २ (NBF2) र नबिल इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज (असोज १० गते) अन्तिम दिन रहेको छ।

यी दुबै योजनाहरुले लाभांश वितरण प्रयोजनार्थ असोज ११ गते बुकक्लोज गर्दै छन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी दुबै योजनाले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई ३५ प्रतिशत (कर सहित) र नबिल इक्विटी फण्ड (NEF) ले ४० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

यी दुबै फण्डहरुको कोष प्रबर्द्धक नबिल बैंक लिमिटेड हो भने योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड हो।