व्यवहारिक लगानी सिकाउने पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे पुस्तक सारंश

Sep 29, 2021 05:59 PM Merolagani

हरेक साता लगानी र अर्थ सम्बन्धि पुस्तककाे सारंश प्रस्तुत गर्ने क्रममा गत सातादेखि हामीले पिटर लिन्चद्वारा लिखित पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश प्रस्तुत गर्दै आएका छाैँ। आज साेही पुस्तक सारंशकाे दास्राे भाग यहाँ प्रस्तुत गरिएकाे छ।

अध्याय ३ः यो जुवा हो, अथवा के?

ऋणमा लगानी गर्नु वा कम्पनी अथवा स्टकमा लगानी गर्नु बीचको फरक बुझ्नु महत्वपूर्ण छ।

बण्ड, मनि मार्केटजस्तोमा लगानी गर्नु ऋणका प्रकार हुन् जसलाई ब्याज भुक्तानी गरिन्छ। विगतमा ऋण उपकरणहरुले ५ प्रतिशतभन्दा कम मुनाफा दिएको रेकर्ड छ। बण्डमा तपाई स्पेर परिवर्तनको निकटतम श्रोतभन्दा बढी केही होइन। जब तपाईले कसैलाई पैसा सापटी दिनुहुन्छ, तपाईले आशा गर्न सक्ने सबैभन्दा राम्रो कुरा भनेको त्यसलाई ब्याजसहित फिर्ता पाउनु हो।

स्टकमा लगानी गर्नु भनेको निश्चयपनि ऋणमा लगानी गर्नुभन्दा नाफामुलक हुन्छ। सन् १९२७ देखि साधारण स्टकहरुले वार्षिक औषतमा ९.८ प्रतिशत नाफा दिएको रेकर्ड छ। स्टकमा लगानीकर्ता असीमित फाइदा छ किनभने तपाई समृद्ध र फैलिँदो व्यवसायको पार्टनर हुनुहुन्छ।

स्टकहरु बण्डभन्दा बढी जोखिमपूर्ण हुन्छन्। यहाँ धेरै कम्पनीहरु छन् जुन सूचीबाट बाहिरिसकेका छन्। कम्पनीहरुको भाग्य बदलिन्छ, ठूला कम्पनीहरु साना बन्दैनन् भन्ने कुनै निश्चित छैन। सही स्टक गलत समय र गलत मूल्यमा खरिद गर्दा तपाईलाई ठूलो घाटा लाग्न सक्छ।

बण्डहरुमा लगानी गर्नु पनि पूर्ण रुपमा जोखिमरहित भने छैन। उदाहरणको लागि, जब ब्याजदर बढ्छ, बण्डको मूल्य घट्छ। त्यसैले, तपाईले कम ब्याज स्वीकार गर्नुपर्ने हुन्छ अथवा डिस्काउण्ट बण्ड बिक्री गर्नुपर्ने हुन्छ।

दुर्भाग्यवश, अझैपनि धेरैले स्टकमा लगानी गर्नु जुवा खेल्नु हो भन्ने मान्छन्। यदि तपाईलाईै आफुले के गर्दै हुनुहुन्छ भन्ने थाहा छैन र तपाईसँग सीप र लगानशीलता छैन भने यो जुवा हो।

‘मेरो लागि, लगानी एक जुवा मात्र हो जसमा तपाई बाधाहरुलाई आफ्नो पक्षमा झुकाउनको सक्षम हुनु हो।’

अध्याय ४ः मिरर टेष्ट पास गर्नु

कुनै कम्पनीको शेयर खरिद गर्नुअघि, तीन कुराहरुलाई सम्बोधन गर्नुपर्छः १) के मसँग घर छ? २) के मलाई पैसा चाहिन्छ? ३) स्टकमा सफलता ल्याउनका लागि के मसँग व्यक्तिगत गुण छ?

१) के मसँग घर छ?

स्टकमा लगानी गर्नुअघि तपाईले घर किन्ने विचार गर्नुपर्छ। अधिकांश मानिसहरुका लागि घर खरिद गर्नु सबैभन्दा उत्कृष्ट लगानी हुन्छ किनभने उनीहरुले त्यसलाई लामो समय होल्ड गर्छन्। यो मुद्रास्फिती विरुद्ध एक राम्रो बचाव हो। यसका अतिरिक्त, यसले तपाईलाई एक छत र स्थायित्वको भावना दिन्छ जहाँ तपाई धेरै वर्षौँसम्म बस्न सक्नुहुन्छ।

‘मानिसहरु रियल स्टेट मार्केटमा पैसा कमाउछन् र स्टक मार्केटमा पैसा गुमाउछन् त्यसमा कुनै आश्चर्य छैन। उनीहरु घर खरिद गर्न महिनौँ लगाउँछन् र स्टक छनोट गर्न केही मिनेट। वास्तवमा, उनीहरु राम्रो लगानी खरिद गर्नभन्दा राम्रो माइक्रोवेभ ओभन खरिद गर्न धेरै समय व्यतित गर्छन्।’

२) के मलाई पैसा चाहिन्छ?

तपाईले स्टकमा लगानी गर्ने पैसा पूर्ण रुपमा नाफाको हुनुपर्छ। उदाहरणको लागि, यदि तपाईलाई आफ्नो बच्चाको शिक्षाको लागि दुई तीन वर्षमा पैसा तिर्नुपर्छ भने त्यो पैसा स्टकमा नराख्नुहोस्।

‘त्यो पैसा मात्र लगानी गर्नुहोस् जसलाई तपाईले गुमाउनु भएपनि तपाईको अदृष्य भविष्यमा दैनिक जीवनमा कुनै नोक्सानी नहोस्।’

३) मलाई सफलतासम्म पुर्याउने व्यक्तिगत गुणहरु छन्?

धैर्यता, आत्मनिर्भरता, कमन सेन्स, दुःख सहन सक्ने क्षमता, स्वतन्त्र विचार, दृढता, विनम्रता, लचकता, स्वतन्त्र अनुसन्धान गर्ने चाहना, गल्ती स्वीकार्न सक्ने चाहना र सामान्य डरलाई बेवास्ता गर्न सक्ने क्षमता, आवश्यक गुणहरु हुन्।

‘मैले तपाईलाई दिनसक्ने राम्रो कुरा भनेको महान् लगानीकर्ता बन्नका लागि तपाईको आईक्यू एकदम राम्रो हुनुपर्छ भन्ने छैन। यति तपाईसँगै १६० आईक्यू छ भने ३० पोइन्ट कसैलाई बिक्री गर्नुहोस्, किनभने लगानी गर्न तपाईलाई त्यो चाहिँदैन। तपाईलाई चाहिने भनेको सहि स्वभाव हो। तपाईले अरुको विचार या अरुको धारणबाट आफुलाई टाढा राख्न सक्षम हुनुपर्छ।’–वारेन बफेट

मानविय स्वभाव र आफ्नो ‘गट फिलिङ्ग’ को विरोध गर्न सक्षम हुनु पनि महत्वपूर्ण हो। नियन्त्रणभन्दा बाहिरका समयको कुराहरु, जस्तै ब्याजदर, सर्ट टर्ममा स्टक मूल्य, मौद्रिक नीति, आदिलाई प्रयास नगर्नुहोस्।

‘पूर्ण या सहि जानकारी बिना निर्णय लिन सक्षम हुनु महत्वपूर्ण छ। वाल स्ट्रीटमा सबै कुराहरु कहिलेमा करिब स्पष्ट हुँदैन, अथवा जब त्यो स्पष्ट हुन्छ, त्यसबाट नाफा कमाउन निकै ढिलो भइसकेको हुन्छ। जुन वैज्ञानिक दिमागलाई सबै डाटा जान्ने जरुरत हुन्छ, त्यसलाई यहाँ असफल पारिदिन्छ।’

‘केहीले आफुलाई ‘दीर्घकालिन लगानीकर्ता’ बताउछन्, तर तबसम्म जबसम्म अर्को ठूलो गिरावट आउँदैन, र त्यो अवस्थामा उनीहरु शीघ्र अल्पकालिन लगानीकर्ता बन्छन् र ठूलो घाटामा अथवा कहिलेकाहि कम नाफामा बिक्री गर्छन्। यस तिव्र उतारचढावको व्यवसायमा डराउनु स्वभाविक र सजिलो हो।’

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।