४० प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति माग्दै आयोग पुग्याे छ्याङ्दी हाइड्रोपावर

Oct 05, 2021 11:09 AM Merolagani



छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिएको छ। कम्पनीले ३० प्रतिशत हकप्रद निष्काशनपश्चात ४० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति माग गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न स्वीकृतीका लागि नेपाल धितोपत्र बोर्डमा पेश भइ काम कारवाही भइरहेको छ। सो हकप्रद शेयर निष्काशनपश्चात कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशन गर्न आयोगसँग स्वीकृती मागेको हो।

कम्पनीले निर्माण सम्पन्न गर्न लागेको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना (४ मेगावाट) को लागतमा कोभिड १९ ले भएको बन्दाबन्दी र बाढी पहिरोका कारण भएको वृद्धि भएको कम्पनीले जनाएको छ। त्यसैले, सो आयोजना निर्माण सम्पन्न गर्नका लागि आवश्यक रकम दीर्घकालिन ऋण सोही आयोजनामा लगानी गरिरहेका बैंक अफ काठमाण्डू र कुमारी बैंकबाट माग गर्ने र हकप्रद शेयर निष्काशन गरी भुक्तानी गर्ने कम्पनीको भनाइ छ।

हाल बोर्डमा पेश भएको ३० प्रतिशत हकप्रद शेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ। सोको ४० प्रतिशत हकप्रद शेयर निष्काशनपश्चात चुक्ता पूँजी ५४ करोड १७ लाख ६८ हजार ५०० रुपैयाँ पुग्नेछ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।