एक बैंकले अर्को बैंकमा विदेशी मुद्रामा निक्षेप खाता खोल्न नपाउने

Oct 11, 2021 05:00 PM Merolagani

एक बैकले अको केन्द्रीय बैंकको अनुमति प्राप्त अर्को बैंकमा विदेशी मुद्रामा व्याज आर्जन गर्ने खाता खोल्न नपाइने भएको छ । स्वदेशी निक्षेपमा मात्रै यस्तो व्यवस्था रहेकोमा सोमबार बैंक तथा वित्तीय संस्थाहरुलाई केन्द्रीय बैंकले जारी गरेको एकिकृत निर्देशनमा विदेशी मुद्रामा पनि निक्षेप खाता खोल्न नपाउने व्यवस्था गरेको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सीसीडी रेसियो हटाएर सीडी रेसियो लागू गरेपछि बैंकहरुमा तरलता अभाव शुरु भएको थियो । राष्ट्र बैंकको पछिल्लो निर्देशनमा सीसीडी रेसियो गणना गर्दा विदेशी निक्षेपलाई समेत गणना गर्न पाइने व्यवस्था छ । पछिल्लो समय बैंकहरु कर्जा विस्तारमा आक्रामक हुँदा धेरै वाणिज्य बैंकहरुको सीडी रेसियो ९० प्रतिशतकै हारारहारीमा छ । एक बैंकमा भएको विदेशी मुद्राको निक्षेप अर्को बैंकमा डिपोजिट गर्ने र सोही निक्षेप पुनः ऋणको रुपमा चलाउने क्रम शुरु भएको थियो । राष्ट्र बैंककाे याे बन्देजले नक्कली निक्षेप देखाउने प्रवृत्तिमा ब्रेक लाग्नेछ । स्वदेशी मुद्रामा पनि यस्तै प्रवृत्ति देखिएपछि पहिला एक अर्का बैंकहरू बीच स्वदेशी खातामा  निक्षेप खाता सञ्चालन गर्न नपाइने व्यवस्था गरिएकाे  थियाे ।

यसले गर्दा विदेशी मुद्राको निक्षेप प्रणालीमा ह्वात्तै बढेको देखिएको थियो । विदेशी मुद्रा बढ्ने भनेको देशमा विदेशी पर्यटकले धेरै खर्च गर्दा, वैदेशिक रोजगारमा गएका कामदारले रेमिट्यान्स बढाउँदा र प्रत्यक्ष वैदेशिक लगानी बढ्दा मात्रै हो । तर यी सबै गतिविधिमा ¥हास आएको बेला पनि विदेशी मुद्राको निक्षेप भने बढेपछि राष्ट्र बैंकले अध्ययनको क्रममा बैंकहरुले चलाखीपूर्ण ढंगले नक्कली निक्षेप सिर्जना गरेको पाइएको थियो । गत हप्ता नेपाल बैंकर्स एसोसिएनले उपलब्ध गराएको तथ्यांकमा करिब ४ सातामा कुल निक्षेप ५० अर्बले बढ्दा विदेशी मुद्राको निक्षेप भने नै करिब ३८ अर्बले रुपियाँले बढेको थियो ।

राष्ट्र बैंकको सोमबारको निर्देशनमा सबै प्रकारका स्वदेशी मुद्राको निक्षेप खाताहरुमा दिइने व्याजदरको अन्तर ५ प्रतिशत भन्दा बढी हुन नहुने उल्लेख छ । यसको अर्थ वचत खाता र मुद्दती खाताको व्याज अन्तर अधिकतम ५ प्रतिशत भन्दा बढी हुन बन्देज गरिएको छ । सामाजिक सुरक्षा भत्तावापतको रकम मात्र जम्मा हुने व्यक्तिगत निक्षेप खाता तथा अक्षयकोष वापतको रकम मुद्दती निक्षेपको रुपमा स्वीकार गर्दा भने बैंक र ग्राहक बीचको आपसी सहमतिमा व्याज दर तय गर्न सकिने छ । त्यसैगरी एकै संस्थाको बचत खाताहरुको व्याज दर अन्तर २ प्रतिशत भन्दा बढी हुन हुँदैन । नयाँ बचत खाताको विकास गर्दा पुरानो वचत खाताको व्याज पनि समान रुपमा घट्ने वा बढ्ने गरी समायोजन गर्नुपर्ने निर्देशन समेत राष्ट्र बैंकले दिएको छ । कल डिपोजिटको व्याज दर निर्धारण गर्दा बचत निक्षेपमा प्रदान गरिने न्यूनतम ब्याजदरको पचास प्रतिशत भन्दा बढी ब्याज प्रदान गर्न नपाइने र यस्ता खाताहरुमा चेक जारी गर्न पाइने छैन ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।