फर्स्ट माइक्रोफाइनान्सले प्रकाशित गर्यो पहिलो त्रैमासको वित्तीय विवरण, वित्तीय अवस्था कस्तो?

Oct 21, 2021 05:01 AM Merolagani



फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफामा झिनो गिरावट देखिएको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २ करोड ९६ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.२३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ९७ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा बढी रकम छुट्याउँदा लघुवित्तको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.१७ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी २८०.४५ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिमबापत १ करोड ५२ लाख ६३ हजार रुपैयाँ छुट्याएको छ। जसले गर्दा कुल सञ्चालन आम्दानी २७.४१ प्रतिशत बढेपनि सञ्चालन मुनाफा ०.२३ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष २२.६१ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ६२.५३ प्रतिशत र कर्जा ५४.८२ प्रतिशत बढेको छ।

खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ २६ पैसा घटेर १२ रुपैयाँ ३० पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७३.६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ११ पैसा रहेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।