आशा लघुवित्तको साधारण सभा आव्हान, लाभांश प्रस्ताव पारित हुँदै

Oct 22, 2021 08:56 AM Merolagani



आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) ले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

लघुवित्तले कात्तिक २७ गते शनिबार फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ, ककनीमा पाँचौ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, अन्य लघुवित्तहरुसँग मर्जर तथा एक्विजिशन सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक १२ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउनुका साथै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।