न्यादि हाइड्रोपावरको आईपीओ बाँडफाँट, भाग्यमानी २ लाख ९ हजार २५० ले पाए १० कित्ताका दरले शेयर

Oct 22, 2021 09:51 AM Merolagani



कात्तिक ५ गते शुक्रबार, न्यादि हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो।

क्यापिटलका अनुसार २ लाख ९ हजार २५० जनाले कम्पनीको शेयर प्राप्त गरेका छन्।

कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो।

निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो।

सो शेयरमा कुल २२ लाख ५५ हजार ८४ जनाले २ अर्ब ७० कराेड ८९ लाख १५ हजार रूपैयाँ बराबरकाे शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये १० हजार ४४२ आवेदन रद्द भएका छन् भने ३ हजार ५०४ सि-आस्वाले अस्वीकृत गरेकाे छ। स्वीकृत भएका २२ लाख ४१ हजार १३८ जनामा साे शेयर बाँडफाँट गरिएकाे हाे।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।