पेटीएमको आइपीओ ३ हजार रुपियाँमा आउने सम्भावना,सर्वसाधारणलाई १० प्रतिशत मात्र

Oct 26, 2021 11:12 AM MeroLagani



भारतको शेयर बजार नियामक निकाय सेक्युरिटी एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)ले हालै मात्र पेटीएमलाई १६ हजार ६ सय करोडको आइपीओ निष्काशनको अनुमति दिएको छ । पेटीएमको आइपीओको आकार अनुमति दिइएको भन्दा न्यूनतम १ हजारदेखि २ हजार करोडले बढ्ने देखिएको छ । 

यो दोस्रो बजारमा शेयरको बिक्री कारोबारको माध्यमबाट गरिने छ जहाँ विद्यमान शेयरधनीले आफूसँग भएको शेयर बिक्री गर्नेछन् । कम्पनीले नोभेम्बरको दोस्रो हप्तासम्ममा बजारमा सुचीकरण गर्ने योजना बनाएको छपेटीएमको आइपीको ३ हजार भारतीय रुपियाँमा आउने सम्भावना बढी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेको छ ।

भारतको ठूलो आइपीओको रुपमा आउन लागेको पेटीएमले रोड शो गरेर आइपीओको प्रचार प्रसार गर्ने जनाएको छ । उक्त आइपीओमा सर्वसाधारणको लागि कुल निष्काशनको १० प्रतिशत मात्र हिस्सा सुरक्षित गरिएको छ ।

कम्पनीले ८ हजार ३ सय करोड रुपियाँको नयाँ शेयर र त्यही बराबरको अफर फर सेल (ओएफएस) को रुपमा जारी हुने छ । पेटीएमका मुख्य संस्थापक विजय शेयर शर्माले आफ्नो केही शेयर बिक्री गर्नेछ भने मुख्य संस्थापक लगानीकर्ता सफ्ट बैंक, अलि बाबा, एन्ट फाइनान्सियल गु्रप र सैफले पनि आफ्नो केही हिस्सा कम गर्नेछ । कम्पनीमा सैफ मरीशसले १५ रुपियाँमा ९.४१ करोड कित्ता शेयर किनेका थिए भने एलेवेसन कैपले ४२ लाख कित्ता शेयर ७८ रुपियाँमा किनेको थियो । त्यस्तै सैफ पार्टनर्सले ३ सय ६ रुपियाँमा ३.९६ करोड कित्ता शेयर किनेका थिए भने अलीबाबाले ५ सय ८३ रुपियाँमा ४.४२ करोड रुपियाँ शेयर किनेका थिए ।

भारतमा अहिले प्राथमिक र दोस्रो बजार दुवैमा उच्च वृद्धि भइरहेको छ । भारतमा गत अप्रिलदेखि जुलाईसम्ममै आइपीओमार्फत २ खर्ब ७० अर्ब भारतीय रुपैयाँ (भारु) पुँजी उठेको थियो । यस अवधिमा १२ वटा भारतीय कम्पनीको आइपीओमार्फत उक्त रकम उठेको हो । यस्तै, अझै करिब ४० वटा कम्पनीको ७ खर्ब भारतीय रुपैयाँ बराबरको आइपीओ पाइपलाइनमा रहेको छ ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।