पेटीएमको आइपीओ ३ हजार रुपियाँमा आउने सम्भावना,सर्वसाधारणलाई १० प्रतिशत मात्र

Oct 26, 2021 11:12 AM MeroLagani



भारतको शेयर बजार नियामक निकाय सेक्युरिटी एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)ले हालै मात्र पेटीएमलाई १६ हजार ६ सय करोडको आइपीओ निष्काशनको अनुमति दिएको छ । पेटीएमको आइपीओको आकार अनुमति दिइएको भन्दा न्यूनतम १ हजारदेखि २ हजार करोडले बढ्ने देखिएको छ । 

यो दोस्रो बजारमा शेयरको बिक्री कारोबारको माध्यमबाट गरिने छ जहाँ विद्यमान शेयरधनीले आफूसँग भएको शेयर बिक्री गर्नेछन् । कम्पनीले नोभेम्बरको दोस्रो हप्तासम्ममा बजारमा सुचीकरण गर्ने योजना बनाएको छपेटीएमको आइपीको ३ हजार भारतीय रुपियाँमा आउने सम्भावना बढी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेको छ ।

भारतको ठूलो आइपीओको रुपमा आउन लागेको पेटीएमले रोड शो गरेर आइपीओको प्रचार प्रसार गर्ने जनाएको छ । उक्त आइपीओमा सर्वसाधारणको लागि कुल निष्काशनको १० प्रतिशत मात्र हिस्सा सुरक्षित गरिएको छ ।

कम्पनीले ८ हजार ३ सय करोड रुपियाँको नयाँ शेयर र त्यही बराबरको अफर फर सेल (ओएफएस) को रुपमा जारी हुने छ । पेटीएमका मुख्य संस्थापक विजय शेयर शर्माले आफ्नो केही शेयर बिक्री गर्नेछ भने मुख्य संस्थापक लगानीकर्ता सफ्ट बैंक, अलि बाबा, एन्ट फाइनान्सियल गु्रप र सैफले पनि आफ्नो केही हिस्सा कम गर्नेछ । कम्पनीमा सैफ मरीशसले १५ रुपियाँमा ९.४१ करोड कित्ता शेयर किनेका थिए भने एलेवेसन कैपले ४२ लाख कित्ता शेयर ७८ रुपियाँमा किनेको थियो । त्यस्तै सैफ पार्टनर्सले ३ सय ६ रुपियाँमा ३.९६ करोड कित्ता शेयर किनेका थिए भने अलीबाबाले ५ सय ८३ रुपियाँमा ४.४२ करोड रुपियाँ शेयर किनेका थिए ।

भारतमा अहिले प्राथमिक र दोस्रो बजार दुवैमा उच्च वृद्धि भइरहेको छ । भारतमा गत अप्रिलदेखि जुलाईसम्ममै आइपीओमार्फत २ खर्ब ७० अर्ब भारतीय रुपैयाँ (भारु) पुँजी उठेको थियो । यस अवधिमा १२ वटा भारतीय कम्पनीको आइपीओमार्फत उक्त रकम उठेको हो । यस्तै, अझै करिब ४० वटा कम्पनीको ७ खर्ब भारतीय रुपैयाँ बराबरको आइपीओ पाइपलाइनमा रहेको छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।