व्यवसायसँगै उल्लेख्य नाफा बढाउन सफल एनआईसी एशिया लघुवित्त

Oct 27, 2021 06:48 AM Merolagani



एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड (NICLBSL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिमा बैंकको व्यवसायसँगै खुद नाफा पनि उल्लेख्य बढ्न पुगेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १६ करोड २६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५०.५१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०३.१० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १५०.५१ प्रतिशत बढेको छ। फि, कमिशन तथा डिस्काउण्ट आम्दानी उल्लेख्य बढेका कारण खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफाको वृद्धिदर धेरै देखिएको हो।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १७.५३ प्रतिशत बढेको छ भने जगेडा कोष १६६.०६ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी १०१.६३ प्रतिशत र निक्षेप २२६.०९ प्रतिशत बढेको छ भने कर्जा १८६.२८ प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५५ पैसाबाट १९ रुपैयाँ ८६ पैसा बढेर ३७ रुपैयाँ ४१ पैसा पुगेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४१ पैसा रहेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।