व्यवसायसँगै उल्लेख्य नाफा बढाउन सफल एनआईसी एशिया लघुवित्त

Oct 27, 2021 06:48 AM Merolagani



एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड (NICLBSL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिमा बैंकको व्यवसायसँगै खुद नाफा पनि उल्लेख्य बढ्न पुगेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १६ करोड २६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५०.५१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०३.१० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १५०.५१ प्रतिशत बढेको छ। फि, कमिशन तथा डिस्काउण्ट आम्दानी उल्लेख्य बढेका कारण खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफाको वृद्धिदर धेरै देखिएको हो।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १७.५३ प्रतिशत बढेको छ भने जगेडा कोष १६६.०६ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी १०१.६३ प्रतिशत र निक्षेप २२६.०९ प्रतिशत बढेको छ भने कर्जा १८६.२८ प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५५ पैसाबाट १९ रुपैयाँ ८६ पैसा बढेर ३७ रुपैयाँ ४१ पैसा पुगेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४१ पैसा रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।