व्यवहारिक लगानी सिकाउने पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश

Nov 03, 2021 05:33 PM Merolagani

हरेक साता लगानी र अर्थ सम्बन्धि पुस्तककाे सारंश प्रस्तुत गर्ने क्रममा विगत केही सातादेखि हामीले पिटर लिन्चद्वारा लिखित पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश प्रस्तुत गर्दै आएका छाैँ। आज साेही पुस्तक सारंशकाे छैठाैँ भाग यहाँ प्रस्तुत गरिएकाे छ।

अध्याय ८ः पर्फेक्ट स्टक

यदि व्यवसाय सामान्य छ र बुझ्न सजिलो छ भने त्यो कम्पनीको विकास गर्न सजिलो हुन्छ।

‘कुनै पनि इडियटले यो व्यवसाय चलानउ सक्छ जुन उत्तम कम्पनीको एक विशेषता हो, मैले देखेको सपनाको स्टक जस्तै।’

निम्न तेह्र विशेषताहरुले तपाईलाई कम्पनी खोज्न सजिलो बनाउँदछः

१) यो सुस्त सुनिन्छ–अझ राम्रोसँग भन्नु पर्दा हास्यास्पद

‘पर्फेक्ट स्टक एक पर्फेक्ट कम्पनीसँग जोडिएको हुनसक्छ, र पर्फेक्ट कम्पनी एक पर्फेक्ट सामान्य व्यवसायमा संलग्न हुनुपर्छ र पर्फेक्ट सामान्य व्यवसायको त्यस्तै बोरिङ्ग नाम हुनसक्छ। जति धेरै बोरिङ्ग, त्यति राम्रो।’

२) यसले केही सुस्त काम गर्छ

‘जब बोरिङ्ग नाम भएकोले केही बोरिङ्ग काम गर्छ भने त्यसले मलाई अझ उत्साहित बनाउँछ।’

‘कम्पनी जसले बोरिङ्ग काम गर्छ त्यो कम्पनी बोरिङ्ग नाम भएको कम्पनीजस्तै राम्रो हुन्छ र दुबै भएको एकदम राम्रो हो। दुबै सँगै हुनु अक्सिमोरोनहरुलाई तबसम्म टाढा राख्नु पर्छ जबसम्म राम्रो समाचारले खरिद गर्न बाध्य पार्दैन, जसले स्टकको मूल्य झन् बढाउँछ।’

३) यसले केही असहमत हुने कुरा गर्छ

‘बोरिङ्ग मात्र भन्दा पनि कुनै एक स्टक बोरिङ्ग र घृणित दुबै हुनु धेरै राम्रो हो। केही यस्तो जसले मानिसहरुलाई पछाडि तान्छन्, संकुचित गर्छन् या घृणाबाट टाढा राख्छन् त्यो आदर्श हो।’

४) यो स्पिनअफ हो

‘कम्पनीको छुट्टा–छुट्टै स्वतन्त्र इन्टिटिहरुको हिस्सा वा भागको स्पिन अफ प्राय आश्चर्यजनक रुपमा आकर्षक लगानीको परिणाम हुनसक्छ।’

एक ठूलो प्यारेन्ट कम्पनी आफ्नो स्पिन अफ समस्यामा परोस् भन्ने चाहँदैन किनभने त्यसको नराम्रो प्रभाव त्यो प्यारेन्ट कम्पनीमा पर्छ। त्यसैले स्पिन अफ प्राय बलियो ब्यालेन्स सिटसहित स्वतन्त्र हुन्छ।

‘..... सामान्यतयः स्पिनअफमा बलियो ब्यालेन्ससिट हुन्छ र स्वतन्त्र इन्टिटिको रुपमा सफल हुन तयार हुन्छ। र एकपटक त्यसलाई स्वतन्त्रता दिएपछि, नयाँ व्यवस्थापक समूह आफ्नो कार्य गर्न सक्छ, लागत कटौती गर्न सक्छ र अल्पकालिन र दीर्घकालिन टर्महरु सुधार गर्न सृजनात्मक कदम चाल्न सक्नेछन्।’

५) संस्थाहरुसँग यो हुँदैन, विश्लेषकहरु त्यसलाई पछ्याउँदैनन्।

‘यदि तपाई संस्थागत स्वामित्व नभएको वा कम भएको स्टक फेला पार्नुहुन्छ भने, तपाई सम्भावित विजेता पाउनुभएको छ। त्यस्तो कम्पनी पत्ता लगाउनुहोस् जुन कुनै विश्लेषकले नहेरेको होस्, अथवा कुनै विश्लेषकले थाहा नपाएको होस् र तपाईले दोब्बर नाफा कमाउन सक्नुहुन्छ।’

६) अफवाहहरु प्रशस्त छन्, यसमा विषाक्त फोहोर र माफिया संलग्न छन्

अफवाहहरुबाट घेरिएको कम्पनी उच्च डिस्काउण्टमा पाइन्छ किनभने वाल स्ट्रीट र अन्य संस्थागत लगानीकर्ताहरु यस्ता कम्पनीहरुबाट टाढै बस्छन्। उदाहरणका लागि माफिया तथा अन्य विषाक्त फोहोरहरुको संलग्नता एक सर्वोकृष्ट अवसर हुन सक्छ।

७) यसमा केही डिप्रेसिङ्ग कुराहरु हुन्छन्

शवगृह व्यवसाय एक राम्रो उदाहरण हो।

‘यदि विषाक्त फोहोरबाहेक वाल स्ट्रीटले बेवास्ता गर्ने केही छ भने त्यो हो मृत्युदर।’

८) यो नो ग्रोथ व्यवसाय हो

‘यो नै त्यस्तो ठाउँ छ जहाँ ठूला विजयताहरु विकसित हुन्छ।’

‘नो ग्रोथ इण्डस्ट्रि विशेष गरी त्यो जुन बोरिङ्ग र मानिसहरुलाई निराश बनाउँछ, त्यहाँ प्रतिस्पर्धाको कुनै समस्या छैन। तपाईले सम्भावित प्रतिद्वन्दीहरुबाट आफना पाटाहरु जोगाउनु पर्दैन किनभने अन्य कसैले त्यसमा रुची देखाउने छैन। यसले तपाईलाई निरन्तर विकास हुने छुट दिन्छ, मार्केट शेयरमा नाफा कमाउन....’

‘उत्साहजनक हाइ ग्रोथ उद्योगहरुमा स्टकको मूल्य आरालो लाग्ने बाहेक केही उत्साहजनक छैन, १९५० मा कार्पेट, १९६० मा इलेक्ट्रिोनिक्स, १९८० मा कम्प्यूटर, यी सबै उत्साहजनक हाइ ग्रोथ इण्डस्ट्रि थिए, जहाँ हजारौँ ठूला तथा साना कम्पनीहरु बेवास्ता गर्दै लामो समयसम्मको लागि समृद्ध हुन असफल हुन्छन्।’

९) यो राम्रो छ

‘म सँधै राम्रोको खोजिमा हुन्छु। पर्फेक्ट कम्पनीमा त्यो हुन सक्छ।’

‘औषधि कम्पनी र रसायन कम्पनीहरु राम्रा हुन्छन्–त्यस्ता उत्पादनहरु जुन अरु कसैलाई बनाउन अनुमति छैन।’

‘रसायन कम्पनीहरु कीटनाशक र जडीबुटीमा राम्रा हुन्छन्। उपकारको लागि भन्दा अरु कार्यका लागि विषको अनुमति पाउन सजिलो छैन।’

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।