महामारीको अन्त्य गर्ने अठोट लिएका भारतीय अर्बपति जसको योजना अलपत्र पर्यो

Nov 10, 2021 06:53 AM Merolagani

कोभिड १९ ले गत वर्ष विश्वभर कहर मच्चाएपछि, एक भारतीय अर्बपतिका ३९ वर्षिय छोराले अन्ततः महामारीको अन्त्य गर्ने आधार तयार गर्दै थिए।

विश्वको सबैभन्दा ठूलो खोप निर्माता सीरम इन्स्टिच्युट अफ इण्डिया (एसआईआई) का सिईओ अदार पूनावालाले आफ्नो भारतीय उत्पादन सुविधामा करोडौँ डलर खर्च गरे र त्यसबेलाको अप्रमाणित कोरोनाभाइरस खोपको लाखौँ डोज बनाउन प्रतिबद्ध भएर लागे।

त्यो समयमा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनिकाले बनाएको खोप अझै पनि क्लिनिकल ट्राइलमा थियो। कसैलाई थाहा थिएन खोप तयार हुन कति समय लाग्छ,र अर्को कुरा त्यसले काम गर्छ कि गर्दैन निश्चित थिएन।

‘यो एकदमै जोखिमपूर्ण थियो,’पूनावाला भन्छन्, ‘तर, साँच्चै भन्नुपर्दा मैले त्यो समयमा अन्य कुनै विकल्प देखिन। मलाई त्यतिखेर लाग्यो कि म कुनै न कुनै तरिकाले आबद्ध भइन भने पछुताउनेछु।’

आफ्नो योजनालाई कार्यान्वयन गर्न,पूनावालाले सबैभन्दा पहिला करिब १ बिलियन डलर उठाउनु परेको थियो। र एसआईआईले गरिब देशहरुलाई खोप उपलब्ध गराउने वाचा गरेको हुनाले विश्वका सबैभन्दा जोखिममा रहेका करोडौँ मानिसहरुको जीवन खतरामा परेको थियो। यदि दाउ पर्यो भने, पूनावालाले असंख्य जीवन बचाउन सक्थे र त्रासदीकाे त्याे समयमा हिरोको रुपमा जयजयकार हुन्थ्यो। उनको असाध्यै धनी परिवार पनि महत्वपूर्ण सम्झौताबाट लाभ उठाएर अझ धनी हुन सक्थ्यो।

पूनावालालाई विश्वले पैसा र विश्वास दिएसँगै, कामहरु योजना अनुसार नै चलिरहेको जस्तो देखिन्थ्यो। डिसेम्बर २०२० मा यूके नियामकले एस्ट्राजेनिका खोपलाई स्वीकृती दियो, र पूनावाला भारतमा घरपरिवारको नाम बन्यो।

तर, चाँडै नै पूनावालालाई थाहा भयो कि शताब्दीमा एक पटक आउने महामारीको बेला लाखौँ खोपहरु वितरण गर्दा आउने चुनौतिहरुको कति गलत तरिकाले गणना गरेका रहेछन्।

वर्षको सुरुमा भारतमा कोरोनाभाइरसको विनाशकारी लहर आएपछि आफ्नै देशवासीहरुलाई समेत खोप लगाउने उनको कम्पनीको क्षमतामाथि शंका उब्जिन थाल्यो। उनले अन्य राष्ट्रहरुलाई खोप प्रदान गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्न पनि असफल भए, जसको नतिजाहरुले उसको प्रतिष्ठालाई कमजोर बनायो र एक निर्मातामा यस्तो भारी निर्भरताको खतराहरुमा प्रकाश पारेको थियो।

घोडा प्रजनकदेखि खोप निर्मातासम्म

पब्लिक हेल्थका केही ठूला नामहरु किन पूनावालामा भर गर्न खोजे भन्ने कुरा बुझ्न सजिलो छ।

एसआईआईले जति खोप उत्पादन गर्न सक्थ्यो त्यति कमै उत्पादकहरुले मात्र सक्थे। पूनावालाका पिता साइरसले ५५ वर्ष अघि स्थापना गरेको सो कम्पनीले वर्षेनी दादुरा, रुबेला, टिटानस र अन्य धेरै रोगहरुको १.५ बिलियन खोप उत्पादन गर्दछ। यी खोपहरु विशेषगरी कम आय भएका मुलुकहरुमा वितरण गरिन्छ। विश्वका ५० प्रतिशत बच्चाहरु एसआईआईले बनाएको खोपमा निर्भर रहेको पूनावालाको अनुमान छ।

पूनावाला परिवारले विश्वको प्रख्यात खोप निर्माताहरुमध्ये एक बन्नका लागि एक असामान्य मार्ग चित्रण गर्यो।

ब्लुमबर्ग बिलिनायर इण्डेक्स अनुसार, साइरस पूनावाला अहिले भारतका सातौँ धनी व्यक्ति हुन् जसको सम्पत्ती १६ बिलियन डलरभन्दा बढी छ। उनका छोरा अदारले सन् २०११ मा सीईओको रुपमा कार्यभार सम्हालेका थिए र अन्तरराष्ट्रिय बजारमा व्यवसाय विस्तार गर्न केन्द्रित रहे।

एस्ट्राजेनिका भ्याक्सिन उत्पादनको तयारी गर्न, पूनावालाले भने कि उनले रसायन, गिलासका शीशी र अन्य कच्चा पदार्थहरु किन्नका लागि साथै पश्चिमी भारतीय शहर पुणेमा रहेका आफ्नो प्लान्टमा उत्पादन क्षमता बढाउन ८०० मिलियन डलर खर्च गरेका थिए।

जसमध्ये २५० मिलियन डलरभन्दा बढी कम्पनीको कोषबाट आएको थियो। अर्को ३०० मिलियन डलर बिल र मेलिन्दा गेट्स फाउण्डेशनको तर्फबाट आएको थियो जसलाई एसआईआईले कम आय भएका मुलुकहरुमा सस्तो अथवा निःशुल्क डोज दिन सहयोग गर्ने बताएको थियो। बाँकी रकम अन्य मुलुकहरुबाट आएको थियो जब एसआईआईले खोपको अर्डरहरु प्राप्त गर्न थालेका थियो। गेट्स फाउण्डेशन र गाभिसँगको सम्झौताको रुपमा एसआईआईले ९२ भन्दा बढी मुलुकका लागि २०० मिलियनभन्दा बढी डोज बनाउन सहमति जनाएको थियो।

यो सबै नियामकहरुले एक्स्ट्राजेनिका खोपमा हस्ताक्षर गर्नुअघि भएको थियो। त्यो खोपको परीक्षण असफल भएको भए, एसआईआईले ‘केबल ब्याचहरु बनाउने र त्यसलाई फाल्ने कार्य गथ्र्यो,’ पूनावालाले भने।

लण्डनको यूनिभर्सिटि अफ वेष्टमिन्स्टरबाट बिजनेस स्टडिजमा स्नातक गरेका पूनावालाले भने एसआईआईले त्यो निर्णय गर्न अन्य कम्पनीहरुलाई खासै गाह्रो भएन किनभने त्यो पारिवारिक व्यवसाय थियो।

‘सही समयमा शीघ्र निर्णय गर्न सक्षम हुने लचिलोपन वास्तवमै मुख्य खेल परिवर्तक थियो जसले हामीलाई यस्तो गर्न सक्षम बनायो,’ पूनावालाले भने, जसको भारतमा कार्यालय एयरबस ए ३२० ले नवीकरण गरेको थियो।

यूके नियामकहरुले खोप स्वीकृती दिएपछि, पूनावालाले भारत र अन्य मुलुकहरुमा खोप आपूर्ति गर्न शुरु गरे। मे मा गाभिले एसआईआईबाट ३० मिलियन खोप प्राप्त गरेका थिए।

भारतको कोभिड १९ सुनामी

तर पूनावालाको योजना शीघ्र अलपत्र पर्यो जब भारतमा कोभिड १९ को दोस्रो लहर आयो। यसको उत्कर्षमा मुलुकमा दैनिक ४ लाखभन्दा बढी केसहरु रिपोर्ट गरिरहेको थियो, यद्यपि विज्ञहरु त्यो संख्या त्योभन्दा बढी हुने बताउँछन्।

त्यो समयमा, भारतको १.३ बिलियन जनसंख्याको केबल २ प्रतिशत मात्र पूर्ण खोप पाएका थिए र मुलुकको राष्ट्रिय सरकार थप खोपहरुको अर्डर दिन ढिलाइ गरिरहेको थियो। धेरै स्टकहरु बिना, भारतका राज्यहरुसँग भएको सीमित खोपहरु सकिन थाल्यो।

त्यसपछि भारतले एसआईआईलाई अन्यत्र आफ्नो प्रतिबद्धता पूरा गर्न रोक्दै सबै खोपहरुको निर्यात गर्न बन्द गर्यो।

‘म सँधै मेरो देशको लागि देशभक्त भएको छु..... र यदि मेरो देशलाई मैले मेरो सुविधा चाहन्छ भने, मैले तिनीहरुले जे भन्छन् त्यही गर्नुपर्छ,’ पूनावाला भन्छन्, ‘यसमा अरु कुनै बाटो थिएन।’

खोप निर्यात गर्न असक्षमताले केही गरिब राष्ट्रहरुलाई चोट पुग्यो। अफ्रिकाको रोग नियन्त्रण निकायका निर्देशकले, उदाहरणको लागि, भारतलाई आपूर्ति रोक्नु महादेशको लागि भयावह हुन चेतावनी दिएका थिए। विभिन्न मुलुकका मानिसहरु, छिमेकी राष्ट्र नेपालदेखि केन्यासम्म, भारतको पहिलो खोप, कोभिसिल्डको पहिलो डोज प्राप्त गरेपछि फसेका थिए।

विश्व खोप अभियानका लागि एकै उत्पादकमा किन यति धेरै निर्भर हुनु पर्यो भन्ने प्रश्नमा गाभिका प्रवक्ता कम मात्र विकल्प भएको बताउँछन्।

सन् २०२१ को सुरुवातमा, ‘निकै थोरै खोपहरु स्वीकृत भएका थिए र प्रयोगका लागि उपलब्ध थिए,’ प्रवक्ता भन्छन्, र थप्छन् कि यो एसआईआईलाई यसको आकार दिएर प्रारम्भिक खोपको लागि सम्झौता गरिनु स्वभाविक हो।

तर, पब्लिक हेल्थ विशेषज्ञ जेफ्री लाजरस योजनामा त्रुटि भएको बताउछन्।

‘एक उत्पादकमा निर्भर हुनु एक गल्ति थियो, जुन पछाडि हेर्न सजिलो थियो,’लाजरसले भने, जो बार्सिलोना इन्स्टिच्यूट फर ग्लोबल हेल्थका हेल्थ सिस्टम रिसर्च समूहका अध्यक्ष पनि हुन्।

हिसाब राखिएको छ

खोपको रोलआउटलाई रोक्ने सबै कारकहरुको जिम्मेदारी पूनावालालाई मात्र दिन सकिँदैन, उनका विरोधीहरुले उनको दृष्टिकोणको केही हिस्साहरुमा प्रश्न उठाएका छन्।

उनीहरुले पूनावालाले शुरुमा वाचा गरेजस्तै खोप उपलब्ध नगराएको औँल्याएका छन् र ठूलो खोप अभियानका लागि उनले उठाएका पैसाको बारेमा पारदर्शी नभएको दाबी गरेका छन्।

‘उनले जति पैसा जुटाए, त्यसका लागि धेरै जवाफदेही छैनन्,’ हेल्थ सेक्टर वाचडग अल इण्डिया ड्रग एक्शन नेटवर्ककी सहायक संयोजक मालिनी ऐसोला भन्छिन्।

गत वर्ष जूनमा, एसआईआईले वाचा गरेका थिए कि उसले निम्न र मध्यम आय भएका देशहरुका लागि एस्ट्राजेनिका खोपको एक बिलियन खोप बनाउनेछ र २०२० को अन्त्यसम्म ४०० मिलियन खोप तयार हुनेछ।

तर, २०२१ जनवरीसम्ममा, कम्पनीसँग केबल ७० मिलियन डोज थियो। गत वर्ष उठाएको पूँजीको तुलनामा उनका आलोचकहरु प्रभावित भएनन्।

विश्वव्यापी मिडिया कभरेज पनि प्रतिकूल भए,भ्याक्सिनमा विश्वव्यापी कमीलाई एसआईआईका समस्याहरुसँग जोडेर हेडलाइनहरु आए, जसमा भारत निर्यात प्रतिबन्ध र कम्पनीको पूणे सुविधामा आगलागी समावेश छन्। त्यो समयमा पूनावालाले आगोले कोभिसिल्ड उत्पादनमा कुनै असर नगरेको बताएका थिए। तर पछि उनले त्यसको विपरित, त्यस घटनाले उत्पादनमा बाधा पुर्याउन मुख्य भूमिका खेलेको बताएका थिए।

उनले आफ्नो लक्ष्यको बारेमा यथार्थवादी भएको पनि जोड दिएका थिए। कम्पनीले आफुले सकेभन्दा बढी प्रतिबद्धता जनाएको हो? भन्ने प्रश्नमा पूनावाला भन्छन्, ‘हामी सँधै कम वाचा गर्छौँ’।

तर पनि, उनी अन्य विवादहरुबाट घेरिएका छन् जसले उसको प्रतिष्ठिालाई धमिल्याएको छ। जब अप्रिलमा भारतमा कोभिड १९ केसहरु उच्च विन्दुमा थियो, पूनावालाले आफ्ना खोपहरुको मूल्य घटाएका थिए र त्यस कदमलाई परोपकारी इशारा बताएका थिए जसले भारी आलोचनातर्फ दोर्यायो जसमा अभियन्ताहरु कम नाफा पनि एसआईआईको लागि नाफा नै हो भन्न थाले।

‘एस्ट्राजेनिकाले निम्न तथा मध्यम आम्दानी भएका मुलुकहरुबाट महामारीको समयमा नाफा नलिने वाचा गरेका थिए, तर त्यो एसआईआईमा लागु नहुने जस्तो देखिन्छ,’ ऐसोलाले बताए।

एस्ट्राजेनिकाका अनुसार, कम्पनीहरु, औषधि निर्माताहरु, जोसँग सम्झौता भएको छ उनीहरुले आफ्नो मूल्य आफै निर्धारण गर्दछन्।

खोपबाट कम्पनीले कति नाफा कमायो भन्ने कुरालाई एसआईआईले नकारेको छ, तर पूनावाला भन्छन्, यो खोपबाट कम्पनीले नाफा नकमाओस् भन्ने सोच्ने मानिसहरुको ‘दुनिया हेर्ने एक एकदमै अनुचित र सरल’ तरिका हो।

जबकी पूनावालाले अझै धेरै लक्ष्य प्राप्त गर्न बाँकी छ, त्यहाँ एक मौका छ कि ऊ र एसआईआई ट्रयाकमा फर्कने, जुन विश्वभर खोप असमानता अन्त्य गर्नु हो। भारतले पुनः आफ्नो मूल्यमा खोप निर्यात गर्ने निर्णय गरेको छ।

मुलुकले एक बिलियन खोप प्रशासित गरेको छ जसमध्ये ९० प्रतिशत एसआईआईबाट आएको हो।
एनआईआईले अक्टोबरमा आफ्नो उत्पादन २२० मिलियन डोज प्रतिमहिना पुर्याएको पनि बताएको छ।

एसआईआईले आफ्नो पार्टनरसिप पनि विस्तार गर्न लागेको छ। उसले कोभिड १९ खोप उत्पादनका लागि अमेरिकी बायोटेक कम्पनी नोभाभ्याक्ससँग सम्झौता गरेको छ, जुन नियामकको स्वीकृतीको पर्खाइमा छ। यसले स्पुट्निक खोप रसियन डिरेक्ट इन्भेष्टमेन्ट फण्डसँग पार्टनर गर्न लागेको छ।

(सीएनएनबाट अनुवादित)

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।