अनलाइन सेवा लिने ११ लाख नाघे, करिब ९५ % शेयर कारोबार अनलाइनबाट,आइपीओ भर्नेमध्ये २५ प्रतिशत मात्रै दोस्रो बजारमा

Nov 25, 2021 06:13 PM merolagani

शेयर बजारमा अनलाइन सेवा लिने ११ लाख ८४ हजार पुगेका छन्। कार्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार ११ लाख ८४ हजार पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

सेवा लिने सबैजसाेले अनलाइनबाटै कारोबार गर्ने गरेका छन्। नेप्सेका अनुसार सेवा लिएका मध्ये ११ लाख १७ हजारले अनलाइनबाटै शेयर कारोबार गर्ने गरेका छन्। जुन कुल सेवा लिनेको तुलनामा ९४.३४ प्रतिशत हो। बाँकीले भने अझै पनि अफलाइन नै कारोबार गर्ने गरेको नेप्सेको भनाइ छ।

प्राथमिक बजारको तुलनामा भने अझै पनि दोस्रो बजारमा लगानीकर्ता आउन सकेका छैनन्। जबकि कार्तिक मसान्तसम्म ४६ लाख भन्दा बढीले शेयर कारोबारको लागि भन्दै हितग्राही (डिम्याट) खाता खोलेका छन्। डिम्याट खाता खोल्नेको तुलनामा दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता भने २५.७३ प्रतिशत मात्रै छन्।

प्राथमिक बजारको तुलनामा दोस्रो बजारमा आबद्ध हुने लगानीकर्ताको संख्या भने निक्कै कम रहेको छ। प्राथमिक बजारमा प्रवेश गर्ने लगानीकर्ता बढी हुनुमा ७७ जिल्लामा फैलिएका निक्षेप सदस्यको भूमिका बढी रहेको बताइएको छ। त्यस दाँजोमा सीमित ठाउँबाट मात्रै दोस्रो बजारमा प्रवेश गर्न सकिने भएकोले प्राथमिक बजार प्रवेश गर्नेको सङ्ख्या बढी हुने गरेको नेप्सेको भनाइ छ। प्राथमिक बजार प्रवेश गर्न स्थानीय स्तरमा खुलेका बैंक वित्तीय संस्थाले बढी सहयोग गर्ने गरेका छन्। स्थानीय तहमा पुगेका बैंक वित्तीय संस्थाले नै डिम्याट खोल्न सुबिधा दिने गरेका छन्। जसले गर्दा प्राथमिक बजारमा प्रवेश गर्ने लगानीकर्ता बढी हुने गरेको नेप्सेको भनाई छ। तर दोस्रो बजारमा प्रवेश गर्ने लगानीकर्ताले भने ब्रोकर कार्यालय मार्फत मात्रै आबद्ध हुन सक्छन्। निश्चित शहर र स्थानमा मात्रै ब्रोकर कार्यालय भएकाले पनि प्राथमिक बजारको दाँजोमा दोस्रो बजारमा आबद्ध हुने लगानीकर्ताको सङ्ख्या उल्लेख्य बढ्न नसकेको बताइएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।