नेपाल दूरसञ्चार कम्पनीको कम्पनी विश्लेषण

Nov 27, 2021 05:30 PM Merolagani



यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक १.५८ प्रतिशत बढेको छ। सोही उपसमूहमध्येको एक कम्पनी हो, नेपाल दूरसञ्चार कम्पनी (NTC)।

कम्पनीको शेयरमूल्य यस साता ५४ रुपैयाँ बढेको छ। गत साता १ हजार ४३० रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता १ हजार ४८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी साता कम्पनीको शेयरमूल्य बढेमा १ हजार ६०० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, कम्पनीको शेयरमूल्य ओरालो लागेमा १ हजार ४०० रुपैयाँमा टेवा पाउने देखिन्छ।

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले छोटो टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ। यसले सो दिन कम्पनीको शेयरमा खरिदचाप भएपनि अन्तिम समयमा भने बिक्रीचाप केही बढेको संकेत गर्दछ।

यस साता कम्पनीको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो हुँदै गएको छ। यसले कम्पनीको शेयरमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

शेयरमूल्यसँगै यस साता कम्पनीको भोल्यूम पनि बढेको छ। यस साता कम्पनीको दैनिक औषतमा २ लाख ३ हजार ९ कित्ता शेयर खरिदबिक्री भएको छ। यससँगै कम्पनीको २० दिने औषत भोल्यूम १ लाख १६ हजार ५४५ कित्ता पुगेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ७४.१९ प्रतिशत बढी हो।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.९० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा १ अर्ब ५१ करोड ७७ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १३.२० प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी ८.३९ प्रतिशत बढेको छ।

सो अवधिसम्ममा कम्पनीको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८३ अर्ब ८२ करोड रुपैयाँ सञ्चित छ।

खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४० रुपैयाँ ४७ पैसा रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिमा १९ रुपैयाँ ७९ पैसा बढेर ६० रुपैयाँ २६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६५८ रुपैयाँ ८१ पैसा रहेको छ। साताको अन्तिम कारोबार दिनको आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात २४.६३ गुणा रहेको छ।

यस साता कम्पनीको १४ दिने आरएसआई ७६.०६ स्केलमा रहेको छ। यो ओभरबट जोन हो। यसले बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अन्य उपकरणहरुमा कम्पनीको शेयरमूल्य बुलिश रहेको छ।

हाल नेप्सेमा कम्पनीको १५ करोड कित्ता शेयर सूचीकृत छ। गत बिहीबारको अन्तिम मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण २ खर्ब २२ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

कम्पनीको १८० दिनको औषत मूल्य १ हजार २२१ रुपैयाँ १६ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य १ हजार ५०० रुपैयाँ रहेको छ भने न्यून मूल्य ९७२ रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयर अहिले ग्रीड जोनमा रहेको छ। यसले कम्पनीको शेयरमूल्य बढ्ने अपेक्षामा लगानीकर्ताहरु शेयर खरिदबिक्री गरिरहेको संकेत गर्दछ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु जरुरी छ।)




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।