नेपाल एसबिआई बैंक लिमिटेडको कम्पनी विश्लेषण

Dec 04, 2021 06:48 PM Merolagani



यस साताको फ्लोरसिट विश्लेषण गर्दा मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा पर्न सफल बैंक हो, नेपाल एसबिआई बैंक (SBI)।

यस साता बैंकको शेयरमूल्य ११ रुपैयाँले बढेको थियो। गत साताको अन्तिम कारोबार दिन ३५० रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साताको बिहीबार ३६१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस अनुसार आगामी दिनमा बैंकको शेयरमूल्य उकालो लागेमा ३८० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा ३४० रुपैयाँमा टेवा पाउने देखिन्छ।

यस साता बैंकको ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथितिर लागेको छ। यो बुलिश क्रशओभर हो। यसले शेयरमूल्य बढ्ने संकेत गर्दछ।

शेयरमूल्यसँगै यस साता शेयरमूल्यसँगै बैंकको भोल्युम पनि बढेको छ। यस साता बैंकको दैनिक औषतमा ३१ हजार ६८१ कित्ता शेयर खरिदबिक्री भएको छ। यससँगै बैंकको २० दिने औषत भोल्यूम २४ हजार ८१४ कित्ता रहेको छ। बैंकको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २४.६७ प्रतिशत बढी हो।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३७ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८५.९९ प्रतिशतले धेरै हो। खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि गर्दा बैंकको नाफामा बढोत्तरी भएको हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २० करोड रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकले ८४ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.२५ प्रतिशतले बढी हो। बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ४५.८१ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ करोड ३९ लाख रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ३४९.४५ प्रतिशतले बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २.३७ प्रतिशतले बढेको छ भने कर्जा ८.५२ प्रतिशतले बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण अनुसार बैंकको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७६ पैसाले बढेर १५ रुपैयाँ ७१ पैसा पुगेको छ। यस बैंकको प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ५६ पैसा रहेको छ। साताको अन्तिम कारोबार दिनका आधारमा बैंकको मूल्य आम्दानी अनुपात २२.९८ गुणा रहेको छ।

यस साताको अन्तिम कारोबार दिन बैंकको आरएसआई ५५.२९ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा बैंकको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अन्य उपकरणहरुमा बैंकको शेयरमूल्य मिश्रीत रहेको देखिन्छ।

हाल नेप्सेमा बैंकको ९ करोड ४९ लाख ३५ हजार ७७८.९० कित्ता शेयर सूचीकृत छ। बैंकको १८० दिने औषत मूल्य ३८८ रुपैयाँ ५४ पैसा रहेको छ। बैंकको ५२ हप्ताको उच्च मूल्य ४९१ रुपैयाँ रहेको छ भने न्यून मूल्य ४९१ रुपैयाँ रहेको छ। गत बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार बैंकको कुल बजार पूँजीकरण ३४ अर्ब २७ करोड १८ लाख १६ हजार १८२ रुपैयाँ ९० पैसा रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा बैंक अहिले फियर जोनमा रहेको छ। यद्यपि गत साताको तुलनामा मिटर केही माथि उक्लिएको छ।


(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।