निफ्रा सीइओको तलब कति ?

Dec 16, 2021 06:05 PM MeroLagani

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका (NIFRA) प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामकृष्ण खतिवडाकाे वार्षिक तलब १ करोड २१ लाख रुपैयाँ रहेको छ । बैंकका अनुसार यो तलब बोनस बाहेक हो । उनले आर्थिक वर्ष २०७७।७८ मा बैंकबाट वार्षिक सो तलब प्राप्त गरेका हुन् ।

सिइओ खतिवडाले बार्षिक रुपमा साे तलब लिएको बार्षिक प्रतिवेदनमा उल्लेख छ । प्रचलित कानुन-व्यवस्था बमोजिमको कर्मचारी बोनस र बैंकको कर्मचारी सेवा विनियमावली, २०७५ बमोजिमका सुविधा समेत प्रदान हुने कम्पनीले जनाएकाे छ ।

निफ्राको डेपुटी प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले बैंकबाट ८२ लाख ३१ हजार ९ सय ८७ रुपैयाँ २७ पैसा बुझेका छन् ।

निफ्राको नायब महाप्रबन्धकहरुले संयुक्त रुपमा १ करोड १४ लाख १६ हजार ४ सय ८ रुपैयाँ ५२ पैसा बुझेका छन्। निफ्रामा सुर्यबहादुर तामाङ र विनयनाथ न्यौपाने गरी दुई जना नायब महाप्रबन्धक रहेका छन्। थापाले व्यवसाय र न्यौपानेले जोखिम एवम सञ्चालन हेर्ने गर्छन् ।

बैंकबाट प्रबन्धकहरुले ६५ लाख ८३ हजार ७ सय ८ रुपैयाँ ९९ पैसा र सहायक प्रबन्धकहरुले ७७ लाख ३१ हजार ९ सय ९२ रुपैयाँ ३० पैसा वार्षिक बुझेका छन् ।

सञ्चालकहरुले बैठक भत्ता बापत वार्षिक १ करोड १० लाख २ हजार रुपैयाँ बुझेका छन् भने बोर्डको अन्य खर्च अन्तर्गत २ लाख ६७ हजार ३ सय ९६ रुपैयाँ खर्च भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।