दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Jan 03, 2022 08:15 AM Merolagani

पुस १९ गते, सोमबार, २ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिभिल बैंक र रिलायन्स फाइनान्सले भोलि अर्थात पुस २० गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सिभिल बैंकले (CBL) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते बिहान ११ बजे अम्रापाली ब्याङकेट, बालुवाटारमा ११ औं वार्षिक साधारण सभा बोलाएको छ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतको दरले हुन आउने ४३ करोड २१ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत अर्थात २ करोड २७ लाख रुपैयाँ नगद लाभांश पारित गर्नेछ। यस्तै, सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ति गर्ने सम्बन्धमा सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ।

त्यसैगरी, रिलायन्स फाइनान्स (RLFL) ले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजी ९१ करोड ५६ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने १३ करोड ७३ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशतले हुन आउने ७२ लाख २८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो प्रस्ताव पारित गर्न फाइनान्सले पुस ३० गते, आफ्नो केन्द्रिय कार्यालय, प्रर्दशनीमार्गमा बिहान ११ बजे बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ।

सो सभाले लाभांश प्रस्तावका साथै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित पनि गर्नेछ।

पुस १८ गते, आइतबार दोस्रो बजारमा सिभिल बैंकको शेयर प्रतिकित्ता२४६ रुपैयाँ ५० पैसा र रिलायन्स फाइनान्सको ४९४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।