नेपाल सहकारी पत्रकार समाजकाे नयाँ कार्यसमिति चयन

Jan 07, 2022 05:26 PM Merolagani



नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को नयाँ कार्यसमिति बनेको छ। सिजेएनको ११औँ वार्षिक साधारण सभाले नयाँ कार्यसमिति निर्विरोध चयन भएकोे हो ।

सिजेएनको ९ सदस्यीय नयाँ कार्यसमिति बनेको छ। उक्त सस्थाको नयाँ कार्यसमितिमा अध्यक्ष पदकोलागि काजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन। त्यसैगरी क्रमस, उपाध्यक्षमा तुलसीराम सुवेदी, सचिवमा अर्जुन खतिवडा, सहसचिवमा भेषराज बेलवासे, कोषाक्ष्यमा प्रयास श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन।

त्यसैगरी सदस्यहरुमा सुधा देवकोटा र सन्तोष रोकाय चयन भएका छन भने बाँकी दुई सदस्य भने निर्वाचित कार्यसमितिले मनोनीत गर्नेछ । सिजेएनको उक्त कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।




समानुपातिकतर्फको मत गणना सकियो, कुन दलले पाए कति सिट ?

Mar 11, 2026 01:18 PM

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।