प्रोगेशिभ फाइनान्सको लाभांश परिमार्जन

Jan 12, 2022 12:30 PM Merolagani



प्रोगेशिभ फाइनान्स लिमिटेड (PROFL) को लाभांश परिमार्जन भएको छ । पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय विवरण परिमार्जन भएकोले लाभांशमा समेत परिमार्जन गरेकाे हाे ।

फाइनान्सले लाभांश दरमा परिमार्जन गरी चुक्ता पूँजी ८० करोड १ लाख रुपैयाँको ६ प्रतिशतका दरले हुन आउने ४ करोड ८० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३१५७ प्रतिशतले हुन आउने २५ लाख २६ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हाे ।

यस अघि कम्पनीले ७ प्रतिशत बोनस शेयर तथा ०.३६८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

 

 




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।