प्रोगेशिभ फाइनान्सको लाभांश परिमार्जन

Jan 12, 2022 12:30 PM Merolagani



प्रोगेशिभ फाइनान्स लिमिटेड (PROFL) को लाभांश परिमार्जन भएको छ । पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय विवरण परिमार्जन भएकोले लाभांशमा समेत परिमार्जन गरेकाे हाे ।

फाइनान्सले लाभांश दरमा परिमार्जन गरी चुक्ता पूँजी ८० करोड १ लाख रुपैयाँको ६ प्रतिशतका दरले हुन आउने ४ करोड ८० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३१५७ प्रतिशतले हुन आउने २५ लाख २६ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हाे ।

यस अघि कम्पनीले ७ प्रतिशत बोनस शेयर तथा ०.३६८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

 

 




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।