ग्रीनलाईफ हाइड्रोपावरले बोलायो साधारण सभा

Jan 14, 2022 09:45 AM Merolagani



ग्रीनलाईफ हाइड्रोपावर लिमिटेड (GLH) ले माघ २१ गते, शुक्रबार, आम्रपाली ब्याङ्केट, बालुवाटार, काठमाडौँमा १२ औँ वार्षिक साधारण सभा डाकेको छ।

बिहान ११ बजे शुरु हुने सो सभामा भर्चुअल माध्यमबाट पनि सहभागि हुन सक्ने व्यवस्था गरेको छ।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक समूहको तर्फबाट ५ जना तथा सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ ९ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार माघ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।