ग्रीनलाईफ हाइड्रोपावरले बोलायो साधारण सभा

Jan 14, 2022 09:45 AM Merolagani



ग्रीनलाईफ हाइड्रोपावर लिमिटेड (GLH) ले माघ २१ गते, शुक्रबार, आम्रपाली ब्याङ्केट, बालुवाटार, काठमाडौँमा १२ औँ वार्षिक साधारण सभा डाकेको छ।

बिहान ११ बजे शुरु हुने सो सभामा भर्चुअल माध्यमबाट पनि सहभागि हुन सक्ने व्यवस्था गरेको छ।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक समूहको तर्फबाट ५ जना तथा सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ ९ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार माघ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।