सुनको भाउ साताभरमा ११ सय रुपैयाँले बढ्यो, चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बृद्धि

Jan 14, 2022 12:03 PM Merolagani



सुनको भाउ गत एक सातामा प्रतितोला १ हजार एक सय रुपैयाँले बढेको छ।

गत आइतबार प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार विहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला २०० रुपैयँले बढेको छ।

यस्तै यस साता चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।