एशियन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Jan 25, 2022 09:20 AM Merolagani

एशिया लाइफ इन्स्योरेन्स (ALICL) को लाभांश सुरक्षित गर्ने आज (माघ ११ गते) अन्तिम दिन रहेको छ।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात माघ १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७६र७७ सम्मको सञ्चित नाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश पारित गर्न इन्स्योरेन्सले माघ २१ गते, होटल दियालो लर्डस प्लाजा, आदर्शनगर, वीरगंजमा १३ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ।

सभाले इन्स्योरेन्सको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, इन्स्योरेन्सको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटल लिमिटेडमा सामूहिक लगानी कोष सञ्चालन गर्न सम्बन्धित नियामक निकायबात स्वीकृती लिने तथा त्यसलाई कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।