२५ ओटा जलविद्युत कम्पनीहरुको आइपीओ निष्कासनको अनुमति तत्काल अगाडि बढाउन इप्पानकाे माग

Mar 06, 2022 04:01 PM Merolagani



स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल धितोपत्र बोर्ड (सेबाेन) का अध्यक्ष रमेशकुमार हमालसँग भेटेर २५ ओटा जलविद्युत कम्पनीहरुको आइपीओ निष्कासनको अनुमतिको कार्य तत्काल अगाडि बढाउन लिखित माग गरेको छ । 

आइपीको अनुमतिका लागि सेबाेनमा आवेदन दिएर पाइपलाइनमा रहेका २५ ओटा जलबिद्युत कम्पनीहरुको सम्बन्धमा सेबाेनले लामो समय भइसक्दा पनि अनुमति नदिएपछि नवनियुक्त अध्यक्ष हमालसँग आज भेट गरी यस्तो माग गरेको हो ।
 
पाइपलाइनमा रहेका जलबिद्युत कम्पनीहरुलाई आइपीओको तत्काल अनुमति दिन लिखित माग लिएर इप्पानका तर्फबाट कार्यसमिति सदस्य उत्तम ब्लोन लामा र प्रकाशचन्द्र दुलाल एक दर्जनभन्दा बढी उर्जा उद्यमीसहित सेबाेनको कार्यालय खुमलटार गएका थिए । जलबिद्युत कम्पनीहरुको आइपीओको सम्बन्धमा सेबाेन अनिर्णयको बन्दी बन्दा निर्माणाधीन जलबिद्युत आयोजनाहरु गम्भीररुपमा प्रभाबित भएको बारेमा उनीहरुले अध्यक्ष हमालको ध्यानाकर्षण गराएका थिए ।
 

 
उनीहरुले आइपीओ जारी नहुँदा रकम अभाव भई निर्माणाधीन आयोजनााहरुको कार्य ठप्प हुन थालेको र निर्माणको अन्तिम चरणमा रहेका आयोजनाहरुको समेत रकम अभावका कारण काम रोक्नु पर्ने अवस्था श्रृजना भएको पनि अध्यक्ष हमाललाई जानकारी गराए ।आयोजनाहरुको काम यसरी प्रभाबित हुँदा लागत बढ्न गई अन्ततः आयोजनाहरु नै सम्पन्न गर्न नसकिने समस्या तथा चुनौतिहरु थपिदै जाने संकेत देखिन थालेको सेबाेनलाई इप्पानले दिएको निबेदनमा उल्लेख गरेको छ ।
 
त्यस्तै आयोजना समयमै सम्पन्न हुन नसक्दा देशलाई १० बर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्यमा समेत गम्भीर धक्का लाग्ने, राज्य र लगानीकर्ताहरुको अर्बाै रुपैयाँको नोक्सानी हुने र यसबाट बैंक तथा वित्तीय संस्थाहरु पनि गम्भीररुपले प्रभाबित इप्पानले उल्लेख गरेको छ । सो अबसरमा उर्जा उद्यमी गुरुप्रसाद न्यौपानेसहितले आइपीओ रोकिदा आयोजनाहरुलाई परेको समस्या र सेबनसँगको अपेक्षाका बारेमा आ–आफ्नो भनाई राखेका थिए ।
 
इप्पान र उर्जा उद्यमीहरुको धारणा सुनेपछि सेबाेनका नवनियुक्त अध्यक्ष हमालले सेबन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकाल कार्यक्षमता पूर्णरूपमा प्रयोग गर्ने बताउँदै जलबिद्युत क्षेत्रको ईपीओको समस्या तत्काल समाधान गर्ने पनि प्रतिबद्धता जनाए। पुँजीबजारको बिकास, बिस्तार र बिस्वानियताका लागि जलबिद्युत क्षेत्रको साथ र सहयोग आवश्यक हुने भन्दै उनले यो क्षेत्रको निरन्तर सहयोग आग्रहसमेत गरे ।
 
सो अबसरमा इप्पानले नेपाली पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा उनलाइ बधाइ  दिएका थिए ।
 



comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।