किड्जीले बाल विकास र शिक्षा क्षेत्रमा मापदण्डहरू स्थापित गरेको छ । प्रत्येक बच्चाको विशिष्टता र तिनीहरूको क्षमतालाई स्वीकार गरेको, किड्जीसँग भारतको एक मात्र विश्वविद्यालय–प्रमाणित पूर्वस्कूल पाठ्यक्रम ILLUME को स्वामित्व छ । किड्जी वर्तमान समयमा भारतको सबैभन्दा ब्यापक रुपमा बिस्तार हुँदै गरेको प्री स्कुल (प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षा) चेन हो । ७५० भन्दा बढी भारतीय सहर र नेपालका ४ सहरहरूमा २,००० भन्दा बढी केन्द्रहरूका साथमा किड्जी बाल विकासको नेतृत्व गरेकाे छ ।
किड्जीमा, बालबालिकाहरूलाई बाल–केन्द्रित पाठ्यक्रम मार्फत आफ्नो खोज जारी राख्न प्रोत्साहित गरिने बताइएकाे छ ।
लर्न विथ किड्जी र लर्निंग फेरिस
लर्न विथ किड्जी, घरमै बसेर आफ्नो बच्चाहरुलाई सिकाउन चाहने आमा बुवाहरुको लागि बनाइएको किट हो । यो ६ वटा बाकसहरूको सेट होः १ वर्ष ६ महिनादेखि २ वर्ष ६ महिनासम्मका बालबालिकाहरूकालागि ३ वटा बक्सहरू र २ वर्ष ६ महिना देखि ४ वर्ष सम्मका बालबालिकाहरूकालागि ३ वटा बक्सहरू हुन्छन् र सबै बाकसहरूमा प्रारम्भिक बाल हेरचाह विशेषज्ञहरूद्वारा प्रगतिशील रूपमा योजना गरिएका गतिविधिहरू छन् । यी गतिविधिहरूको योजना यस उमेरमा विकास गर्न आवश्यक पर्ने कौशलतामा केन्द्रित हुन्छ । सबै बाकसहरू साक्षरता, संख्यात्मकता, अवधारणा, रचनात्मक सीपहरू, कौशल सोचमा केन्द्रित छन् । कार्यक्रममा आमाबाबुका लागि निर्देशनात्मक भिडियोहरू, र बच्चाहरूको लागि राइम भिडियोहरू पनि समावेश छन् ।
किडजी एकाडेमिक गाइड्सबाट आउने कलहरू लर्न विथ किड्जी कार्यक्रमको एक हिस्सा हुन् । यी गाइडहरूले आमाबाबुलाई मद्दत गर्छन् र तिनीहरूका सबै प्रश्नहरूको जवाफ दिन्छन्।
![](https://images.merolagani.com/Uploads/Repository/637829633821758285.jpg)
लर्निंग फेरिस, एउटा अनलाइन भिडियो–आधारित कार्यक्रम हो जसले बालबालिकालाई घरमा नै आरामले बसि बसि सिक्न मद्धत गर्छ । यी भिडियोहरूको सेट हुन् जसले मूल पाठ्यक्रमका साथै सह–पाठ्यक्रमका विषयहरूलाई समेट्छ। किड्जी मुख्यालयका स्टार शिक्षकहरूले हरेक हप्ता रमाइलो सत्र प्रदान गर्छन् ।
किड्जीले सन् २०१५ बाट नेपालमा आफ्नो सञ्चालन सुरु गरेको थियो र काठमाडौं, विराटनगर, चितवन र धरानमा ९ वटा प्रिस्कूलको नेटवर्कसँग राम्रोसँग काम गरिरहेको छ । किड्जीले अब नेपालभर विस्तारको दोस्रो चरणमा प्रवेश गर्ने योजना बनाएको छ । हाल किड्जी काठमाडौंको मैतीदेवी, कलंकी, बौद्ध, बानेश्वर, सानेपा, सातदोबाटो र काठमाडौं बाहिर विराटनगर, धरान र चितवनमा रहेको छ र निकट भविष्यमा नै नेपालका विभिन्न स्थानहरुमा पनि किड्जी विस्तार हुनेछ।