अन्य आम्दानी घटेपछि हिमालयन उर्जा नोक्सानीमा

May 05, 2022 02:10 PM Merolagani

हिमालयन उर्जा विकास कम्पनी लिमिटेड (HURJA) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनी नोक्सानीमा रहेको देखिन्छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १ लाख ४ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ९ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी नभए पनि कम्पनीको अन्य आम्दानी घटेका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १० लाख २८ हजार रुपैयाँ अन्य आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५९३ रुपैयाँ मात्र यस्तो आम्दानी गरेको छ। जसले गर्दा कम्पनी नोक्सानी व्यहोर्नु परेको हो।

९९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ८६ लाख २८ हजार रुपैयाँ ऋणात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ १३ पैसा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।