व्यापारिक उत्पादन सुरु गर्न लागेको माया खोला हाइड्रोपावरको वित्तीय अवस्था कस्तो?

May 14, 2023 12:13 PM Merolagani



माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा ऋणात्मक रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले १ करोड ३२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नोक्सानी १ करोड २९ लाख रुपैयाँ थियो।

कम्पनीले प्रबद्र्धन गरिरहेको आयोजनको निर्माण सम्पन्न भइ परीक्षण अवस्थामा रहेको छ। त्यसैले कम्पनीले हालसम्म आम्दानी गर्न सकेको छैन। कम्पनीले केही समयमा नै व्यापार उत्पादन सुरु गर्ने बताएको छ।

चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १.७७ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ३३ पैसा रहेको छ।

१ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ६ करोड ६८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।