वित्तीय खर्च घटेपछि दोल्ती पावरको नोक्सानी घट्यो

May 14, 2025 01:41 PM Merolagani



दोल्ती पावर कम्पनी लिमिटेड (DOLTI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनी १ करोड ३३ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ३ करोड २३ लाख रुपैयाँ नोक्सानीमा थियो।

विद्युत बिक्री आम्दानी सामान्य बढेपनि वित्तीय खर्च घटेका कारण नोक्सानी घटेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.५३ प्रतिशत बढेर ६ करोड ९५ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा १०.८० प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा २६.८८ प्रतिशत घटेको छ।

चैतको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३३ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ६० रुपैयाँ ९६ पैसा रहेको छ।

५३ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष २० करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।