निर्वाचनमा भएको खर्च जेठ महिनादेखि बैंकिङ्ग प्रणालीमा अवश्य आउँछ अनि तरलता सहज भएर बजार बढ्छ

May 07, 2022 10:59 AM Merolagani

महेश सिंह

पछिल्लो समय शेयर बजार निरन्तर घट्दो गतिमा छ। बजार यसरी घट्ने क्रममा रहँदै गर्दा बजार किन र कसरी झर्न सुरु गर्यो भन्ने बारेमा जानकार हुनुपर्ने देखिन्छ किनभने शेयर बजार अति संवेदशील क्षेत्र हो।

यो क्षेत्रमा सरोकार राख्नेले हरेक कदम धेरै सोचविचार गरेर मात्रै लिनुपर्ने हुन्छ। तर यसाे हुने गरेकाे छैन ।

जिम्मेवार पदमा बसेकाहरुले गैर जिम्मेवार अभिव्यक्ति दिने गरेको पाइन्छ। यसरी जिम्मेवार ब्यक्तिले सोच विचार नगरी अभिव्यक्तिहरु दिँदा लाखौं लगानीकर्ताको सम्पत्ति खतरामा पुग्न सक्छ भन्ने बारेमा सचेत नभएको देखिन्छ। पछिल्लो समय शेयर बजारमा नेपाल राष्ट्र बैंकको प्रभाव धेरै परेको देखिन्छ। गत बुधबार मात्रै गभर्नरले बैंकको ब्याजदर बढाउनुपर्ने अभिव्यक्ति दिएका थिए त्यसले घट्दै गरेको बजारमा थप घट्न सहयोग गर्यो।

दु:खको कुरा हाम्रो देशमा शेयर बजारको वास्तविक मर्म बुझ्ने निकाय र प्रतिनिधि नै बजारप्रति नकारात्मक हुँदा बजारले त्यसको क्षति ब्यहोर्नु परेको छ। बजारले विस्तारै आफ्नै गति समाएर बढ्दै गरेको समयमा नियामक पक्षहरुबाट बजारलाई प्रभावित पार्ने गतिबिधिहरु धेरै भएको छ। पटकपटकको प्रहारले गर्दा  बजार अहिले नराम्रोसँग घट्न पुगेको छ।

अहिले वित्तीय क्षेत्रले चर्को तरलता संकट झेल्दै आएको छ।  बुधबार नेपाल राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले माग गरेको एसएलएफको अत्यधिक मागले पनि यसलाई पुष्टि गर्छ। 

यो घट्दो बजारमा लगानीकर्ताहरु निरास भएर टिएमएस र मेरो शेयरको पासवर्ड नै बिर्सेको अवस्था छ। त्यसको बारेमा कसैको ध्यान पुगेको छैन्। बजार बढ्दा बजार नियन्त्रण गर्ने खालको विज्ञप्ति निकाल्नेहरूले लगानीकर्तालाई सूसूचित र भरथेग गर्ने खालको कार्यक्रम याे बेलामा गरेको पाइँदैन। सम्बन्धित निकायले यस्तो अवस्थामा लगानीकर्तालाई लगानी गर्न हौसला बढाउने खालको योजनाहरु ल्याउनुपर्ने हाे तर त्यसो भएको छैन्।  बजारसँग सरोकार राख्ने निकायहरुले बजार जीवन्त राख्नको लागि कदमहरु चाल्नुपर्ने देखिन्छ। नियमनकारी निकाय बजारमा भइरहेको समस्या केही नदेखेको जस्तो गरेर बसेको छ।

अर्थतन्त्रमा शेयर बजारले पनि केही योगदान पुर्याएको हुन्छ। शेयर बजार पूँजी निर्माण गर्ने थलाे हाे तर राज्यले यसरी मान्न नसक्दा शेयर बजारले सधैं समस्या खेप्नु परिरहेको अवस्था छ। जसलाई सुधार गर्न सकारात्मक कुराहरु आउन जरुरी छ।

हामीसँग बजारलाई सहयोग गर्ने सकारात्मक कुराहरु पनि छन् । त्यसलाई बजारले नकारी रहेको अवस्था छ । तर लामो समयसम्म नकार्न सक्ने अवस्था छैन्। अहिले चुनावी माहोल तातिएको अवस्था छ। निर्वाचनको लागि भएको खर्च जेठ महिनादेखि बैंकिङ्ग प्रणालीमा अवश्य आउँछ। त्यसपछि बजारमा तरलता केही सहज होला कि भन्ने आँकलन गर्न सकिन्छ। यसले बजारलाई केही सहयोग पुग्ने आँकलन गर्न सकिन्छ। त्यसैगरी आगामी आर्थिक वर्षको लागि बजेट निर्माणको काम भइरहेको छ । त्यसमा पनि बजारको हित हुने किसिमको योजना आउला भन्ने अपेक्षा गर्न सकिन्छ।

यो घटिरहेको बजारमा लगानीकर्ताहरुले पनि केही तयारी गर्नुपर्ने अवस्था आएको छ। राम्रो र बलिया कम्पनीको शेयर तल्लो विन्दुमा आएको छ। माथिल्लो विन्दुमा शेयर बिक्री गरेर नाफा हात पार्ने लगानीकर्ताले अब पुन: लगानी गर्ने हो भने बजारमा केही सन्तुलन देखिन सक्छ ।

याे बेला अति आवश्यक नभएसम्म शेयर बिक्री नगर्ने लगानीकर्ताकाे अठोट चाहिन्छ। महंगोमा खरिद गरेको शेयर बिक्री गर्ने समय अहिले होइन । यदि ऋणमा लिएको र मार्जिन कल आउन थाल्याे भने बाध्यता भयो । होईन भने यो अवस्थामा शेयर बिक्री गर्नुहुँदैन् ।

शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले जोखिम उठाउन पर्ने हुन्छ। अब बजार धेरै तल जाँदैन। आफ्नो क्षमता अनुसारको लगानी गर्ने समय अहिले भएको छ। त्यसो भन्दैमा शेयर ऋण लिएर वा अरु कसैले भने सुनेको आधारमा लगानी गर्नुपर्छ भन्ने पक्कै होईन। कम्पनी र बजारको आधारभूत रुपमा अध्ययन गरेर कारोबारको रणनीति बनाएर लगानी गर्नुपर्छ। अरु कसैले भनेको भन्दा पनि आफ्नै रणनीतिमा धैर्यका साथ लगानी गरियो भने बजारबाट अवश्य लाभ लिन सकिन्छ। बजारप्रतिका नकारात्मक कुराहरु अब छैन। बजार सकारात्मक रुपमा जाने नै छ भन्नेमा विश्वास गर्नु पर्छ ।

(लगानीकर्ता सिंहसँग सुधा देवकोटाले गरेको कुराकानीमा आधारित)

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।