यद्यपि यो सञ्चिति फागुन महिनाको तुलनामा ३ करोडले बढी हो । पछिल्लो समय अमेरिकी डलर दिनप्रतिदिन महंगो हुँदै गएको र चैत्र महिनामा स्थानीय चुनाव नजिकिएसँगै केही मात्रामा विदेशबाट रेमिट्यान्स पनि बढी भित्रिएकाले डलर सञ्चिति बढेको राष्ट्र बैंकले जनाएको छ । त्यसमाथि सरकारले फागुनसम्मको मासिक रिपोर्ट प्रकाशित हुँदा राष्ट्र बैंकसँग डलर सञ्चिति ९ सय ५८ करोड डलर मात्रै थियो । डलर सञ्चितिले ६.५ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्रै पर्याप्त भएपछि राष्ट्र बैंकले गाडीलगायत विलासिताका केही वस्तुको आयातको लागि एलसी खोल्न समेत रोक लगाएको थियो । आयातमा रोकको प्रभाव समेत चैत्र महिनाको रिपोर्टमा देखिएर डलर सञ्चितिमा वृद्धि देखिएको राष्ट्र बैंकले भन्यो ।
फागुनसँग तुलना गर्दा मासिक रुपमा चैत्र महिनामा मात्रै ९३ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । फागुन महिनाको तुलनामा चैत्रमा रेमिट्यान्स बढी भित्रिए पनि देशको शोधनान्तर घाटा भने कम हुन सकेन । नेपालमा भित्रिने र बाहिरने कुल रकमको फरक नै शोधनान्तर स्थिति हो। देशमा भित्रिने भन्दा बाहिरिने रकम बढ्दो देशको शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा देखिएको छ । यो घाटा फागुनको तुलनामा ९ अर्ब ६२ करोड रुपैयाँले बढी हो । चैत्र महिनामा आयातमा नियन्त्रण गरेका कारण डलर सञ्चितिमा केही सुधार भए पनि आयातको आधार एकदमै ठूलो भएर निर्यातको आधार एकदमै कमजोर रहेका कारण नेपालको व्यापार घाटा डरलाग्दो किसिमले उकालो लाग्दै गएको छ । चैत्र महिनासम्ममा देशको व्यापार घाटा १४ सय ६६ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।
चैत्रसम्म निर्यातबाट १ सय ६० अर्ब, रेमिट्यान्सबाट ७ सय २४ अर्ब ७४ करोड, प्रत्यक्ष वैदेशिक लगानीबाट १६ अर्ब ५१ करोड रुपैयाँ मात्रै नेपाल भित्रिएको छ । तर देशको व्यापार घाटा नै १४ सय ६६ करोड रुपैयाँ पुगिसकेको छ भने देशमा पर्याप्त पर्यटक नभित्रिंदा सेवा घाटा समेत ८० अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।