प्रि ओपन सेसन अपडेटः करिब साढे ४ अंक बढ्यो नेप्से

May 12, 2022 10:53 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ५६.०६ अंक बढेर २३६९.०७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.३१ अंक बढेर २३७३.३८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५३ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा १९ स्टकको ३४ लाख ५३ हजार ३६५ रुपैयाँ बराबरको ७ हजार ५२१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।