मर्जरमा जान रिडी र रैराङ हाइड्रोपावरले पाए नियमन आयोगबाट अनुमति

May 12, 2022 11:23 AM Merolagani



रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरले आपसमा गाभिन स्वीकृति पाएका छन्। विद्युत नियमन आयोगले दुई कम्पनीलाई संयुक्त कारोबार गर्न स्वीकृति दिएको हो।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत हाइड्रोपावर कम्पनीहरुमा पहिलो पटक यी दुई हाइड्रोपावरले मर्जरमा जाने सम्झौता गरेका थिए। दुई हाइड्रोपावर कम्पनी बीच गत कात्तिक १७ गते एक आपसमा गाभिने सम्झौता गरेका थिए।

सो पश्चात दुबै कम्पनीको शेयर कारोबार बन्द छ। दुई कम्पनीले मर्जर प्रकृया सम्पन्न गरी फागुन पहिलो साताबाट नै दोस्रो बजारमा शेयर बजारमा कारोबार खुलाउने गरी तयारी गरेका थिए। तर विद्युत नियमन आयोगबाट स्वीकृति पाउन ढिला हुँदा मर्जर प्रकृया लम्बिएको हो।

विद्युत नियमन आयोगले जलविद्युत आयोजना निर्माण तथा संचालन गर्न अनुमतिपत्र प्राप्त कम्पनीहरु एक आपसमा गाभिन, आपसमा मिल्न, शेयर खरीद, संरचनाको खरिद वा हस्तान्तरण, प्राप्ती वा ग्रहण सम्बन्धी निर्देशिका, २०७७ जारी गरेको छ। यस अनुसार जलविद्युतका क्षेत्रमा उस्तै प्रकृतीका काम गर्ने कम्पनीहरु गाभिन थालेका हुन्।

मर्जरपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ पुग्नेछ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।