मर्ज भए पोखरा फाइनान्स र समृद्धि फाइनान्स, शेयर कारोबार रोक्का

Jul 10, 2026 11:21 AM Merolagani



पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज भई आज (असार २६ गते) देखि एकीकृत कारोबार सुरु भएको छ। यी दुई फाइनान्सहरू बीच एक आपसमा गाभ्ने/गाभिने कार्य सम्पन्न भई आजदेखि ‘पोखरा फाइनान्स लिमिटेड’ (PFL) को नामबाट एकीकृत कारोबार सुरु गरेका हुन्।

एकीकृत कारोबार सुरु भएसँगै यी दुई फाइनान्सको शेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रोक्का गरेको छ। नेप्सेले असार २५ गते एक सूचना जारी गर्दै दुवै फाइनान्सको शेयर कारोबार रोक्का गरिएको जनाएको हो।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम असार २६ गतेदेखि लागू हुने गरी दुवै फाइनान्सको शेयर कारोबार रोक्का राख्ने निर्णय भएको नेप्सेको विज्ञप्तिमा उल्लेख छ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।