शेयर बजार अब जेठ ३ गते मंगलवार मात्र खुल्ने

May 12, 2022 12:59 PM Merolagani



शेयर बजार शुक्रवारबाट चार दिनसम्म बन्द हुने भएको छ। चार दिनसम्म सार्वजनिक विदा परेको कारण शेयर बजार बन्द हुने भएको हो।

शुक्रवार निर्वाचनका लागि सार्वजिनक बिदा दिइएकाे छ । तथापि शुक्रबार शेयर बजार बन्द नै हुने गर्छ। बैशाख ३१ गते शनिवार परेकाे छ । जेठ १ गते आईतबार परे पनि सरकारले त्यही दिनदेखि आइतवार पनि सार्वजनिक विदा दिने घाेषणा गरेकाले बजार बन्द हुने भएकाे हाे ।  जेठ २ गते  सोमबार बुद्ध जयन्ती परेको कारण सार्वजनिक विदा हुने छ।

 

बिहीबारको कारोबारपछि बजार अब जेठ तीन गते मंगलबार मात्रै र खुला हुने छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।