शेयर बजार अब जेठ ३ गते मंगलवार मात्र खुल्ने

May 12, 2022 12:59 PM Merolagani



शेयर बजार शुक्रवारबाट चार दिनसम्म बन्द हुने भएको छ। चार दिनसम्म सार्वजनिक विदा परेको कारण शेयर बजार बन्द हुने भएको हो।

शुक्रवार निर्वाचनका लागि सार्वजिनक बिदा दिइएकाे छ । तथापि शुक्रबार शेयर बजार बन्द नै हुने गर्छ। बैशाख ३१ गते शनिवार परेकाे छ । जेठ १ गते आईतबार परे पनि सरकारले त्यही दिनदेखि आइतवार पनि सार्वजनिक विदा दिने घाेषणा गरेकाले बजार बन्द हुने भएकाे हाे ।  जेठ २ गते  सोमबार बुद्ध जयन्ती परेको कारण सार्वजनिक विदा हुने छ।

 

बिहीबारको कारोबारपछि बजार अब जेठ तीन गते मंगलबार मात्रै र खुला हुने छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।