काठमाडौं महानगर-१२ वडाको मतगणनामा काग्रेसकाे अग्रता, बालेन र सायमी तेस्रोको लागि प्रतिस्पर्धामा

May 21, 2022 11:57 PM Merolagani



काठमाडौं महानगरको वडा नं १२ को मतगणना शनिबार मध्यरातबाट शुरु भएको छ । शुरुवाती मतगणनामा नेपाली कांग्रेसका सिर्जना सिंह अगाडि देखिएका छन् ।

नेपाली कांग्रेस र नेकपा एमाले दुवै पार्टीका मेयरका उम्मेदवारले काेर नेवार बस्तीबाट आफ्नो मत वृद्धि हुने दाबी गरिरहेका छन् । ठूला पार्टीका दुबै उम्मेदवारले स्वतन्त्र उम्मेदवार बालेन शाहकाे मतभन्दा झण्डै १५ हजार कम भाेट पाएका छन्।

१२ वडा कार्यालयको पहिलो २ सय मतगणनामा नेपाली कांग्रेसकी मेयरका प्रत्यासी सिर्जना सिंहले ६९ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले ४७ मत पाएका छन् । कोर नेवार समुदायमा विशिष्ट पहिचान बनाएका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले २९ मत पाएका छन् । । मेयरमा अग्रता जनाउँदै आएको स्वतन्त्र उम्मेदवार बालेन शाहले १२ वडाबाट अहिलेसम्म २६ मत पाएर चौथो बनेका छन् ।

उपमेयरका उम्मेदवार एमालेका सुनिता डंगोलले ८२ मत प्राप्त गर्दा नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले  ३९ मत पाएका छन् । वडा अध्यक्षमा भने नेपाली काग्रेसका बालकृष्ण महर्जनले १३५ मत पाउँदा अर्का नेकपा एमालेका उम्मेदवार विकास डंगोलले ४३ मत पाएका छन् ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।