मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले निराश लगानीकर्ता

May 27, 2022 03:16 PM Merolagani



मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट दोस्रो बजारका लगानीकर्ताहरु निराश भएका छन्। लगानीकर्ताले आपेक्षा गरेको ४/१२ को सीमालाई नछोइ पुरानै नीतिलाई निरन्तरता दिएपछि लगानीकर्ताहरु निराश भएका हुन्।

फलस्वरुप साताको अन्तिम कारोबार दिन नेप्से घटेर बन्द भएको छ। पछिल्लो ३ कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको नेप्से, यस दिन १५.८२ अंक घटेर २२२३.७८ विन्दुमा झरेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.४० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.११ अंक घटेको छ।

यस दिन नेप्से ओरालो लागेपनि कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको शेयर कारोबार भएको बजारमा यस दिन २२३ स्टकको २१ हजार ९०४ पटकको कारोबारमा १ अर्ब २९ करोड ८९ लाख रुपैयाँ बराबरको ४१ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

शुक्रबार कारोबार रकमका आधारमा प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन मेगा बैंकको करिब १० करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन वित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्। होटल तथा पर्यटन उपसमूहको परिसूच कभने यस दिन ०.०८ प्रतिशत बढेको छ।

यस दिन रु रु जलविद्युत परियोजनको शेयरमूल्य सर्वाधिक ६.१३ प्रतिशत बढेको छ। त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ५.३१ प्रतिशत बढेको छ भने उपकार लघुवित्त र युनाइटेड इदी मार्दीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन दिव्यश्वरी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक, अपर तामाकोशी, लिबर्टी इनर्जी, युनाइटेड मोदी हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।