बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंक मर्ज हुँदै, दोस्रो बजारमा शेयर कारोबार रोक्का

Jun 16, 2022 10:39 AM Merolagani



बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा मर्ज हुने भएका छन्। यी दुई बैंक बीच प्रारम्भिक सम्झदारीपत्रमा हस्ताक्षर गरेका छन्।

यी दुई बैंक बीच आज बिहान ८ बजे समझदारी पत्रमा हस्ताक्षर भएको हो। यससँगै दोस्रो बजारमा यी बैंकहरुको शेयर कारोबार रोक्का गरिएको छ।

 

मर्जरपश्चात बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमइ बीओके बैंक रहनेगरी सहमति भएको छ भने प्रमुख कार्यकारीमा ग्लोबलका रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन्।

हाल ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ छ भने बैंक हफ काठमाण्डौको १० अर्ब ६३ करोड ३९ लाख ९४ हजार रुपैयाँ छ। दुर्य बैंकविच १ बराबर १ शेयर अनुपातमा गाभिनेगरी प्रारम्भिक सहमति भएकोले मर्जरपश्चात बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार रुपैयाँ पुग्ने छ।

 




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।