बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंक मर्ज हुँदै, दोस्रो बजारमा शेयर कारोबार रोक्का

Jun 16, 2022 10:39 AM Merolagani



बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा मर्ज हुने भएका छन्। यी दुई बैंक बीच प्रारम्भिक सम्झदारीपत्रमा हस्ताक्षर गरेका छन्।

यी दुई बैंक बीच आज बिहान ८ बजे समझदारी पत्रमा हस्ताक्षर भएको हो। यससँगै दोस्रो बजारमा यी बैंकहरुको शेयर कारोबार रोक्का गरिएको छ।

 

मर्जरपश्चात बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमइ बीओके बैंक रहनेगरी सहमति भएको छ भने प्रमुख कार्यकारीमा ग्लोबलका रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन्।

हाल ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ छ भने बैंक हफ काठमाण्डौको १० अर्ब ६३ करोड ३९ लाख ९४ हजार रुपैयाँ छ। दुर्य बैंकविच १ बराबर १ शेयर अनुपातमा गाभिनेगरी प्रारम्भिक सहमति भएकोले मर्जरपश्चात बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार रुपैयाँ पुग्ने छ।

 




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।