मौद्रिक नीतिका कारण शेयर बजारमा समस्या आयो : अर्थमन्त्री जनार्दन शर्मा

Jun 20, 2022 05:14 PM Merolagani



अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको कारण शेयर बजारमा समस्या आएको बताएका छन्। उनले सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो बताएका हुन्।

"प्रतिस्थापन विद्ययकपछि आएको मौद्रिक नीतिमा केहि त्रुटिहरु भएको कुरा सर्वविधितै छ। ती त्रुटिका कारण केहि समस्या पैदा भएको कुरा स्पष्ट गर्न चाहान्छु।" उनले प्रतिनिधि सभाको बैठमा भनेका छन्।

अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारमा देखिएको समस्या सामाधान गर्नको लागि कमिटि समेत गठन गरिएको बताए। "शेयर बजारको सम्बन्धमा धेरै भन्न पर्दैन",उनले भने "शेयर बजारको समस्या सामाधान गर्नको लागि नेपाल राष्ट्र बैंक,अर्थ मन्त्रालय, धितोपत्र बार्ड र सम्बन्धित सरोकारवालाहरुलाई समेत आमन्त्रित गर्ने र छलफल गरेर त्यसको सामाधान गर्न कमिटि गठन गरिएको छ।"




वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।