छ हजार जनालाई मात्रै पर्ने आदर्श लघुवित्तको आइपीओ भोलि विहान बाँडफाँड हुने,१७ लाख ९० हजार बढीको हात खाली हुने

Jun 26, 2022 02:50 PM Merolagani



आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि निष्काशन गरेको आईपीओ भोलि सोमबार बिहान बाँडफाँड हुने भएको छ। लघुवित्तको आइपीओ सोमबार बिहान ९ बजे बिओके क्यापिटलको कार्यलयमा बाँडफाँड गरिने क्यापिटलले जनाएको छ। साे आइपीओमा करिब १८ लाखको आवेदन परेको छ।

लघुवित्तको आइपीओमा करिब १७ लाख ९६ हजार ६८४ जना आवेदकबाट २ अर्ब १ करोड ४२ लाख रुपैयाँ बराबरको २ करोड १ लाख ४२ हजार ६१० कित्ता शेयर खरिदका लागि आवेदन परेके छ यो सर्वसाधारणलाई निष्काशन गरेको ६२ हजार ६१५ कित्ता शेयरको ३२१.६८ गुणा बढी हो।

लघुवित्तले असार १ गते देखि ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। त्यसमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ६२ हजार ६१५ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

लघुवित्तको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ६ हजार २६१ जना आवेदकले मात्रै शेयर पाउनेछन्। आइपीओमा आवेदन गर्ने करिब १७ लाख ९० हजार आवेदकको हात खालि हुने छ।

हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।