हिमालयन हाइड्रोपावरको आइपीओ भाेली बिहान बाँडफाँट हुने

Jul 11, 2022 11:39 AM Merolagani



हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओ भाेली विहान बाँडफाँट हुने भएको छ। मंगलबार विहान साढे ८ बजे आइपीओ बाँडफाँट गरिने बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ।

क्यापिटलले गत शुक्रबार आइपीओको प्रि अलटमेन्ट गरेको थियो। प्रि अलटेमेन्ट गरेपछि ३ दिनभित्र आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ। यसले गर्दा मंगलबार आइपीओ बाँडफाँट गर्न लागिएको हो।

असार १५ गतेदेखि निष्काशन गरेको कम्पनीको शेयरमा १० गुणा बढी आवेदन परेको छ। तथ्याँक अनुसार कम्पनीको आइपीओमा १६ लाख २६ हजार ४३० आवेदकबाट एक अर्ब ८४ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख १९ हजार ९८० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

यो सर्वसाधारणलाई छुट्याएको १८ लाख ३० हजार ४७२ कित्ताको १०.०६ गुणा बढी हो ।

कम्पनीले असार १५ गतेदेखि प्रतिशेयर १०० अंकित दरमा कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता शेयर मात्रै सर्वसाधारणलाई बाँटफाँट हुनेछ ।

कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार १ लाख ८३ हजार ४७ जनाले मात्रै शेयर पाउनेछन् । बाँकी रहेका करिब १४ लाख ४३ हजार आवेदकको हात खाली हुने छ।




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।