आयात प्रतिबन्धपछि मोटरसाइकल बिक्री ४० प्रतिशतसम्म घट्यो, कमर्सियल गाडीको व्यापार पनि ठप्पै

Aug 01, 2022 02:51 PM Merolagani

सरकारले लगाएको सवारीसाधन आयात प्रतिबन्धपछि नेपालमा दुईपाँग्रे सवारी तथा कमर्सियल गाडीको व्यापार सुस्ताएको छ ।

मोटरसाइकल बिक्रेता कम्पनीहरुसँग पर्याप्त स्टक हुँदा हुँदै पनि पछिल्लो समय मोटरसाइकल तथा स्कुटरको बिक्री ओरालो लागेको हो ।

 

देश आर्थिक मन्दीतर्फ धकेलिएसँगै सर्वसाधारणले समेत सवारी खरिदलाई प्राथामिकतामा राख्न छाडेका छन् । अहिले नेपालमा १५० सीसी माथिका मोटरसाइकल र प्यासेन्जर चारपाँग्रे गाडीहरु नेपाल आयात गर्न दिइएको छैन ।

आर्थिक संकट निम्तिने संकेत देखिएसँगै नेपालमा अहिले दुईपाँग्रे सवारी बिक्री ४० प्रतिशतसम्म घटेको व्यवसायी बताउँछन् । त्यस्तै कर्मसियल गाडीहरुको व्यापार पनि यति बेला ठप्पै जस्तै छ ।

नाडा अटोमाबाइल एसोसियसन नेपालका अध्यक्ष ध्रुव थापाले हाल नेपालमा सबैभन्दा बिक्री हुने दुई पाँग्रे सवारी (मोटरसाइकल, स्कुटर) व्यापार ४० प्रतिशत घटेको बताए ।

‘सरकारले आयात प्रतिबन्ध लगाए पछि कमर्सियल गाडी विक्री ठप्प जस्तै छ’ थापाले मेरो लगानीसँग भने ‘अहिले सवारी खरिद गर्न चहाने उपभोक्ताको मनोबल समेत डाउन भएको जस्तो देखिन्छ’ ।

पछिल्ला दिनहरुमा प्यासेन्जर गाडी बिक्रेता कम्पनीहरुकाे सोरुमहरु पनि खाली देखिन थालिसकेका छन् ।

मोटरसाइकल बिक्रेता कम्पनीहरुसँग २५० सीसी तलका मोटरसाइकल तथा स्कुटरको स्टक अझै केही महिनालाई पुग्ने बताउँछन् । तर, २५० सीसी माथिका दुई पाँग्रे सवारीसाधन सोरुम शोरुम बन्द गरिसकेको अध्यक्ष थापाले बताए ।

‘मैले सुने अनुसार विएमडब्ल्यु, जावा, क्रसफायर,रोयल इन्फिल्ड लागाएतका कम्पनीसँग सोरुममा बाइक नै नभएर स्टाफलाई पनि बिदा गरिदिएका छन्’ ध्रुव थापाले भने ‘चार महिना देखि बाइक नआएपछि सोरुम नै बन्द गर्न थालिसकेका छाैँ’ ।

नेपालबाट अर्डर भएका सवारीसाधन सरकारकै लापवाहीका कारण तीन पटक अर्डर क्यान्सिल भएपछि सवारीसाधन उत्पादक कम्पनीले पनि कडाइ गर्न थालेको व्यवसायी बताउँछन् ।

सरकारकै कारण सवारी उत्पादक कम्पनीले नेपालका सवारी विक्रेता कम्पनीलाई विश्वास गर्न छोडेको छ ।

रिसिक अटोमोवाइल्स प्राइभेट लिमिटेडका निर्देशक मिलनबाबु मल्लले सर्वसाधारणले पहिलो प्राथामिकतामा रोजिरोटी पर्न थालेसँगै सवारीसाधनमा आकर्षण घटेको जानकारी दिए ।

‘पछिल्लो समय बाइक शोरुमहरुमा मान्छेको चहलपहल कम छ भने पेट्रोलियम पदार्थको मूल्य पनि आकाशिएको छ जसले ४० प्रतिशतसम्म बिक्री घटेको तथ्याङ्क छ’ मिलनबाबु मल्लले भने ।

उनका अनुसार कम्पनीहरुले यस अघि ५० प्रतिशत डाउनपेमेन्ट सहित शुन्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पनि नदिने निर्णय गरका छन् । अहिले नेपालका दुइपाँग्रे सवारी बिक्रेता कम्पनीहरुले शुन्य प्रतिशत व्याजदरमा मोटरसाइकल उपलब्ध नगराउने निर्णय गरेका छन् ।

‘बैंकको ब्याजदर बढेर ल्यान्डिङ कस्ट धेरै भएपछि ५० प्रतिशत डाउनपेमेन्टमा ५ प्रतिशत व्याज लिने गरी सुविधा दिने निर्णय बिक्रेता कम्पनीहरूले गरेका छन् । सरकारकै नीतिका कारण नेपालको अटो क्षेत्र ठप्प जस्तै बनेको छ ।

खासगरी सर्वाधिक सवारीसाधन बिक्री हुने समय दशैं तिहार नजिकिदै गर्दा भदौं १४ गतेसम्म आयात प्रतिवन्ध कायम रहेपछि व्यवसायी आत्तिएका छन् । सोरुमा पर्याप्त सवारीसाधन नहुँदा पछिल्लो समय ग्राहकलाई गाडी बुकिङ मात्रै गराएर पठाउने गरेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।